डेबगु प्रकोप जनचेतना कार्यसमिति गठन

Spread the love

तरहरा/डेबगु प्रकोप जनचेतना तथा रोकथाम कार्यक्रम संचालनका लागि इटहरी
उपमहानगरपालिका वडा नं. २० का वडा सदस्य राम बहादुर गिरीको संयोजकत्वमा १३ सदस्यी कार्यसमिति चयन गरिएको वडा अध्यक्ष मणीराम श्रेष्ठले बताए । हाँसपोसा जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा डेबगु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित वडाका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।

उनले तरहरामा पनि यो रोगको सङ्क्रमित देखिसकिएको जानकारी गराए । उपमहानगरपालिकाले सङ्क्रमितको निशुल्क उपचार गरिदिने उनले जानकारी दिए । कार्यसमितिलाई वडाबाट कार्यक्रम संचालनका निम्ति सहयोग रहनेछ ।

1260cookie-checkडेबगु प्रकोप जनचेतना कार्यसमिति गठन

प्रतिकृया दिनुहोस्