२०८० आश्विन १२ शुक्रबार

सरकारको वेवास्ताका कारण जनप्रतिनिधि रिक्त

काठमाण्डौं : सरकारको वेवास्ताका कारण जनप्रतिनिधि रिक्त रहेका ४७ स्थानमा गर्नुपर्ने उपनिर्वाचनको प्रक्रिया अन्योलमा परेको छ ।

निर्वाचन आयोगले आगामी कार्तिक तेस्रो सातादेखि मंसिर पहिलो सातासम्ममा निर्वाचन गर्ने गरी तयारी अघि बढाएपनि सरकारले आवश्यक समन्वय नगर्दा मिति घोषणामा ढिलाई भएको हो । आयोगले निर्वाचनका लागि कम्तीमा ४ महिनाको तयारी समय आवश्यक रहने जनाएको छ । उपनिर्वाचन मिति घोषणाका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरोकारवालासँग प्रारम्भीक छलफल गरेपनि सरकारले मिति घोषणाका लागि आवश्यक प्रक्रिया अघि बढाउन नसक्दा उपनिर्वाचनको प्रक्रिया लम्बिएको हो । निर्वाचन आयोगका प्रवक्ता शंकर खरेलका अनुसार प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेश सभा सदस्यका लागि ३, स्थानिय तहको प्रमुख र उपप्रमुखका लागि ५ र ३८ वडाअध्यक्ष पदमा उपनिर्वाचन गर्नुपर्नेछ ।

२०७६ श्रावण १४, मंगलवार १४:३७ गते 0 Minutes 83 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार