तरहरा र धरानबीचको सडकखण्डमा दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

Spread the love

इटहरी: चारकोशे झाडीमा दुर्घटना हुँदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी पोष्ट तरहराका इन्चार्ज भुवन विकका अनुसार इटहरी धरान सडकखण्ड अन्र्तगतको चारकोशे झाडीमा केहीबेर अघि भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । विकका अनुसार को २९ प ४१९५ नम्बरको रातो पल्सर मोटरसाइकल र र ना २ च ६६८९ नम्बरको जीप ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलले जीपलाई ठक्कर दिएको बताइएको छ । मृतकको नाम, थर भने खुल्न बाँकी छ ।

1940cookie-checkतरहरा र धरानबीचको सडकखण्डमा दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

प्रतिकृया दिनुहोस्