
सुनसरी । नेपालका चर्चित गायक धिरज राई यतिबेला बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सचेतना अभियानमा देश दौडाहामा छन् ।
नेपालका चर्चित र स्थापित गायक धिरज राई प्राध्यापनसँगै इन्जिनियर पनि हुन् । तर यो साता पूर्वका पर्यटकीय स्थलहरुमा बुद्ध वाज वर्न इन नेपाल लेखिएको व्यानरको अगाडि उभिएर बुद्ध नेपालमै जन्मिएका हुन् भन्दै नेपाली र पर्यटकहरुलाई जानकारी दिँदै थिए । बुद्ध वाज वर्न इन नेपाल लेखिएको जानकारीमुलक स्टीकर टाँस्दै पूर्वका विभिन्न ठाउँमा पुगे । यो क्रममा यो अभियानलाई पूर्वको सोलुखुम्वुस्थित लुक्लादेखि सगरमाथाको चुचुरोसम्म बुद्धको स्टीकर पु¥याउने काममा लागि रहेका छन् ।
यो क्रममा विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिखरमा भने १६ पटकसम्म सगरमाथा चढिसकेका जाङ्बु शेर्पाले बुद्धको स्टीकर लाने गायक राईले जानकारी दिए । योसँगै काठमाडौस्थित पासाङ ल्हामु पर्वतारोहण केन्द्रमा समेत बुद्ध वाज वर्न इन नेपाल अभियान अन्तर्गत एक कार्यक्रम सम्पन्न गरेका छन् ।
अहिलेसम्म जति पनि बुद्ध सम्वन्धी पुस्तकहरु लेखिएका छन् एक, दुई मध्ये ५ सयभन्दा बढीमा बुद्ध भारतमा जन्मिएको र केहीले श्रीलंका, थाईल्याण्डमा जन्मिएको भन्ने उल्लेख गरेको उनले बताए । यसले गर्दा नेपालको कपिलबस्तुस्थित लुम्बिनीमा जन्मिएका बुद्धलाई अरु देशमा जन्मिएको भनेर उल्लेख हुनु दुःखको कुरो हो । त्यही भ्रमलाई चिर्न आफु यो अभियानमा लागेको अभियानकर्मी तथा गायक धिरज राईको भनाइ छ ।
४० भन्दा बढी देशमा पुगेर आफुले बुद्ध नेपालमा जन्मेको भनेर अभियान चलाइसकेको राईले भने विश्वका धेरै देशका बासिन्दालाई बुद्ध नेपालमा जन्मिएका हुन् भनेर थाहा नभएको अनुभव सुनाए । ५ सय पुस्तकमा बुद्ध भारत लगायत अन्य देशमा जन्मिएको उल्लेख गरेका हुनाले यस्तो भएको उनको दावी छ । तसर्थ यो अभियान राज्यले चलाउनुपर्ने हो तर त्यसो हुन नसकेकोमा आफुलाई दुःख लागेको बताउने राईले अब यो भ्रम अवश्य चिर्नेमा विश्वस्त छु भने ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।