
धरान / सफल चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल अर्थात यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कबड्डी,कबड्डी,कबड्डी’ को पहिलो गीत ‘दुबो फूल्यो’ बोलको गीत विवाद टुङ्गिएको छ । ‘कबड्डी कबड्डी कबड्डी’गीत रिलिज भएपछी ‘कहिले फोटो सिरानीमा’का संगीतकार आलोक श्रीले आफ्नो गीत ‘कहिले फोटो सिरानीमा’को संगीतसंग ‘दुबो फुल्यो’को संगीत मिलेको भन्दै मिडियामा आएपछी विवाद सुरु भएको थियो ।
बजारमा संगीतकार आलोक श्री ले क्षतिपुर्ती को माग गरेको भन्ने हल्ला चलेपनी आफुले त्यस्तो माग नराखेको श्री ले स्पस्ट परेकाछन । ‘दुबो फुल्यो’ गीतको केही अंश कहिले फोटो सिरानीमा संग मिल्न गएकोमा दुवै संगीतकारले त्यसलाई संयोग मानेर आपसी समझदारी गरेका हुन् ।पछिल्लो समय गीत कपी या चोरी भन्दै आर्थिक लेनदेनको प्रचलन बढ्दै गएको अवस्थामा हामीले यसलाई ‘संयोग’ मान्दै आफसी समझदारी गरेर भाईचारा को उदाहरण दिन खोजेको बताएका छन । बजारमा संगीतकार आलोक श्रीले क्षती पुर्ती स्वरुप केही रकम माग गरेको भन्ने हल्लाको खण्डन गर्दै कबड्डी कबड्डी कबड्डीका निर्देशक रामबाबु गुरुङले कुनै पनि खालको लेनदेनको कुरा नभएको बताए । लोक भाका मा रहेको गीत मा एसडी योगीको संगीत रहेको छ् भने शब्द हर्क साउदले लेखेका हुन् । गीतमा गायक हेमन्त राना र रितिका श्रेष्ठले आवाज भरेका छन् ।
गीतको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् भने कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई ले प्रमुख रुपमा ठुम्का लगाएका छन । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा बोल्ने फिल्म लाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका छन भने रामबाबु गुरुङ ले निर्देशन गरेका छन ।भाद्र १३ मा देशैभरी एकसाथ प्रदर्शन मा आउने फिल्म लाई शैलेन्द्र डि. कार्कीले खिचेका छन भने निमेश श्रेष्ठको सम्पादन रहेको छ । यो बर्ष कै बहुप्रतिक्षित फिल्म भएका कारण पनि टिजर रिलिज पछी दर्शक हरु को पर्खाइ को फिल्म बनेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।