२०८० आश्विन ७ आईतवार

‘यात्रा’पछि मलिकाको दोश्रो फिल्म कुन ?

गतबर्ष रिलिज भएको चलचित्र ‘यात्रा’पछि नायिका मलिका महत्तले कुन चलचित्रमा काम गर्नेछिन् भन्ने चर्चा नचलेको होइन । चलचित्र व्यापारिक रुपमा हिट नभएपनि मलिकाको कामको भने राम्रै तारिफ भएको थियो । आँखा नदेख्ने यूवतीको भूमिकामा देखिएकी मलिकाको कामलाई दर्शकले मन पराए ।

उनै, मलिका अब दोश्रो चलचित्रमा काम गर्ने तयारीमा लागेकी छिन् । मलिकाले काम गर्न लागेको दोश्रो चलचित्रको नाम ‘पानी फोटो’ हो । खगेन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको यो चलचित्रमा उनी अडिसनबाट नै छानिएकी हुन् । केही महिना अगाडि चलचित्रको घोषणा सभामा नायिकाको रुपमा मेनुका प्रधानको नाम मात्र अगाडि सारिएको थियो ।

मलिका चलचित्रको शुभसाइत समारोहमा उपस्थित थिइन् । निर्देशक लामिछाने भन्छन्–‘हामीले एक जना कलाकार खोजिरहेका थियौं । अडिसनबाट मलिका फिट लाग्यो र लिएको हौं ।’ मलिकाले आफूलाई नायिका भन्दा पनि राम्रो अभिनय गर्ने कलाकारको रुपमा अगाडि बढाउन खोजेको देखिएको छ । चलचित्रको आजैबाट छायांकन सुरु भएको छ ।

२०७६ भाद्र १५, आईतवार १०:०६ गते 0 Minutes 77 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार