२०८० चैत्र १५ बिहीबार

नगरकाे असहयाेगपछि डेंगु नियन्त्रण टाेली फिर्ता

धरान । धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न संघीय सरकारबाट आएकाे डा कृष्णकुमार राईको टोली बिहीबार फिर्ता भएको छ ।

धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रण सम्बन्धी काम गर्न नदिएको भन्दै बिहीबार नै समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुप लिम्बू, उपाध्यक्ष कृष्ण राई, सचिब हेमराज जिमी नगरपालिकामा डेलिगेशन गएका थिए ।

स्थानीय सरकारले डेंगु नियन्त्रण गर्न भनेर आएका चिकित्सक टोलीलाई काम गर्न नदिएर किन फिर्ता गरियो भनेर कार्यवाहक मेयर नरेश इवारम समक्ष डेलिगेशन गएकाे हाे ।

उपमहानगरपाकिकाले संघीय सरकारबाट आएकाे सेवा सुबिधा लिनका लागि नीति नबनेकोले नीति नियम बनाउन केही समय लाग्ने भएको कुरा चिकित्सक टोलीसँग कुरा राखेको तर फिर्ता नपठाएको कार्यवाहक मेयर नरेश इबारमले बताए ।

संघीय सरकारबाट आएका टोलीलाई काम गर्न दिने निकासको लागि बिहीवार बैठक बस्ने इबारमले बताए । बाटो खुलाउनको लागि शुक्रबारसम्म लाग्ने कुरा चिकित्सकलाई सुझाएको बताए । उपमहानगर स्वास्थ्य बिभागका प्रमुख लालबाबु यादबले बिहीवार बिहान बैठक बसे पनि पूर्णता नभएकोले निर्णय हुन नसकेको बताए ।

Picture of new dharan

२०७६ भाद्र १५, आईतवार ०८:१८ गते 0 Minutes 167 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार