२०८० मंसिर २४ आईतवार

दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

विराटनगर – लामो समयदेखी अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थाल्नु भएको छ । मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमा यहाँको समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ ।

यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदी सहित, ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गर्नुभएको छ । यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताउनु भएको छ ।

यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु, मुख्यमन्त्री राईले भन्नुभयो समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ । विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने बताउनुभयो । यसका लागि प्राविधिक सहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारीक रुपमा लिने पनि बताउनुभयो ।

अब यहाँको समस्या अन्त्य हुन्छ, मुख्यमन्त्री राईले भन्नुभयो विद्युत झ्याप्प झ्याप्प आउने जाने हुनुहुदैन, यसका लागि विद्युत प्राधिकरणले ध्यान दिओस् । गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गर्नुभएको थियो ।

गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगी व्यवसायीहरुले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिनुभएको हो । गत हिउँदमा पनि कोशी करिडोरको विवाद मुख्मन्त्री राईले समाधन गर्नुभएको थियो ।

२०७६ भाद्र २५, बुधबार १३:२८ गते 1 Minute 110 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।