२०८० चैत्र १६ शुक्रबार

बिश्वमा पहिलो पटक कहिले, कसले र कस्तो मोबाइलको निर्माण भयो होला ?

२१ औं शताब्दीमा बिज्ञानले हामीलाई अनौठो उपकरण दिएको छ, जसको प्रयोग गरी हामी आफ्नो आफन्त साथीभाईहरुसंग प्रत्यक्ष भेट नगरी सारा कुराकानी गर्न सक्छौँ । त्यो उपकरण मोबाइल अर्थात सेलफोन हो । यसको प्रयोगले हाम्रा हजारौ काम आराम सँग घरमा बसी बसी गर्न सक्छौं ।
समयको परिवर्तन सँगै प्रबिधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ । नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेको समयमा जसरी हरेक व्यक्तिको हात हातमा मोबाइल देख्न सकिन्छ, आज भन्दा एक दशक अगाडी यसरी जो कोहिसँग हुन्नथ्यो ।
तर अहिले समय भिन्दै छ, टाढा टाढाका आफन्त र साथीभाईसँग कुरा गर्नका लागि मानिसहरुले बिभिन्न ब्रान्डका मोबाइल फोनको प्रयोग गरीरहेका छन् ।
पहिले पहिले टाढाका आफन्त अथवा साथीसँग कुराकानी गर्नका लागी चिठ्ठी पत्र अथवा ल्याण्डलाइन टेलीफोनको प्रयोग गरिन्थ्यो । अहिलेको जस्तो मोवाइल फोन बजारमा थिएन ।
टेलिफोन सम्पर्कका लागि शहरमा बिभिन्न स्थानहरुमा टेलिफोन बुथहरु हुन्थे भने गाउँमा टेलिफोन भएको घर बिरलै पाइन्थे । त्यस्तो अवस्थामा गाउँमा एक कल फोन गर्नका लागी घन्टौ लगाएर टेलिफोन भएको घरमा पुगेको अनुभवहरु धेरै सँग अझै पनि सम्झनामा ताजै छन् ।
प्रबिधिको विकाश द्रुत गतिमा भएकोले मोबाइल निर्माण कम्पनीहरु पनि बढेका छन् त्यसैको प्रतिफल स्वरुप अहिले बजारमा धेरै थरिका मोबाइलहरु उपलब्ध छन् । यसरी मोबाइलको प्रयोगले हामी सम्पूर्णको जनजीवनलाई धेरै सरल र सहज बनाईदिएको छ ।
मोवाइल फोनहरुमा अनेक प्रकारका अनौठा फिचरहरु हुन्छन्, जसको प्रयोग गरेर हामी मख्ख पर्ने गर्छौ । मोबाइलका धेरै एडभान्स टेक्नोलोजीहरु बजारमा आइसक्यो, हामी यसबाट फोनकल मात्र नभएर इन्टरनेटमार्फत बिभिन्न सामाजीक सञ्जालहरु प्रयोग गर्छौ ।
हामी धेरैले मोबाइल बिनाको जीवन कल्पना पनि गर्न सक्दैनौ । हाम्रो जिबनमा अपरिहार्य बन्न पुगेको यो चिज बिश्वमा पहिलो पटक कहिले, कसले र कस्तो मोबाइलको निर्माण गर्‍यो होला भन्ने कुरा धेरै लाई थाह नहुन सक्छ ।
सन १९७३ अप्रिल ३ मा मार्टिन कुपरले विश्वकै पहिलो मोबाइल फोन सार्वजानीक गरेका थिए । उक्त फोनको लम्बाई १० इन्च र वजन १ किलो थियो । उक्त प्रोटोटाइपको टक टायम ३० मिनट थियो र चार्ज हुनका लागि १० घण्टा लाग्थ्यो ।
सन १९७३ भन्दा अघि सम्म मोबाइल फोन कार तथा अन्य गाडीहरुमा मात्रै स्थापित थियो । हातमा बोक्न मिल्ने पहिलो मोबाइलको निर्माण मोटोरोला कम्पनीले गरेको थियो ।
आज भन्दा लगभाग पाँच दशक अघि तीन अप्रिल १९७३ मा इन्जिनियर मार्टिन कुपरले आफ्नो प्रतिद्वन्दी कम्पनीका एक कर्मचारी सँग पहिलो पटक मोबाइल फोनबाट कुराकानी गरेका थिए । यसको ठिक दश बर्ष पछि मोटोरोलाले पहिलो मोबाइल ह्यान्डसेट बजारमा निकालेको थियो ।
कुपरले मोटोरोला मोबाइल कम्पनी सँग मिलेर पहिलो सेलफोन निर्माण गरेका थिए त्यसपछि उनि उक्त कम्पनिको सी.ई.ओ. समेत भएर काम गरे । यसको लागी उनलाई मार्कोनी (marconi) पुरस्कारबाट सन् २०१३ मा सम्मानित गरियो । यो पुरस्कार संचार क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरु लाई प्रदान गरिन्छ ।
अहिलेको समयमा विभिन्न प्रकारका मोबाइल फोनहरु बजारमा उपलब्ध छन । अहिले धेरै जसो स्मार्टफोनको प्रचलन बढ्दो छ । विन्डोज फोन, एन्ड्रोइड फोन लगायतका धेरै प्रकारका फोनहरु पाइन्छन् ।
साथै मोबाइल फोन निर्माण कम्पनीहरु बीचको प्रतिस्पर्धाका कारण मोबाइलमा अनेक प्रकारका अनौठा फिचरहरु समेत सामाबेश गरिएका हुन्छन् । यसकारण पनि मोबाइल प्रबिधिमा धेरै विकास भैरहेका छन् ।
उच्चस्तरीय क्यामेरा तथा एआइ जस्ता टेक्नोलोजीहरु प्रयोग गरिएका कारण क्यामेराको र कम्प्युटरको काम एकै पटकमा मोबाइलबाट गर्न सकिन्छ । प्रत्येक देशहरुले आफ्नो प्रबिधिको आधारमा देशको बिकास गरिरहेका छन् । सूचना तथा प्रबिधि यस्तो महत्वपूर्ण स्तम्भ मध्ये एक हो जसमा देशको सम्वृद्धि निर्भर रहन्छ ।

२०७६ आश्विन १६, बिहीबार १५:०७ गते 1 Minute 102 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार