
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बुधबार दिउँसो एक बजे हतुवागढी गाउँपालिका वडा नम्बर– ५ होम्ताङको भित्रि सडकमा दुर्घटना भएको हो ।
दुर्घटना सोहि गाउँपालिका वडा नम्बर –४ खैराङका मिलन राईकी ८ वर्षीया छोरी गुराँस राईको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।
घोडेटारबाट होम्ताङ तर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको को टेम्पो अनियन्त्रित भई सडक देखि अन्दाजी ६० मिटर तल झरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मिलन राईकै ४ वर्षीया छोरी रितु राई, २१ वर्षीया रिका राई, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएका हुन् ।घाइते मध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।