
काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत\ विषयगत प्रश्नोत्तर तथा पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने खण्ड (ख) र खण्ड (ग) अन्तर्गत शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षणका केही प्रश्नहरु लिएर आएका छौँ ।
यी पनि हुन् अध्यापन अनुमतिपत्र प्राथमिक तहमा सोधिने केही प्रश्नहरु
तहः प्राथमिक
प्रश्न नं. १ भाषाका सिपहरु उल्लेख गरी प्राथमिक तहको नेपाली भाषा विषयमा लेखाइ सिप शिक्षण गर्दा प्रयोग गर्न सकिने तीनओटा कार्यकलापहरु उल्लेख गर्नुहोस् ।
प्रश्न नं २. “३६ ” मा दिएको अङ्कमध्ये कुन ठूलो छ ? भन्ने प्रश्न गर्दा जवाफमा ६ ठूलो भनी उत्तर दिने बालकको पूर्व सिकाई र त्रुटि क्षेत्रको विश्लेषण गरी ३६ मा ३ ठूलो हो भन्ने धारणा दिन के कस्ता कार्यकलापहरुद्वारा शिक्षण गर्नुहुन्छ ? स्पष्ट पार्नुहोस् ।
प्रश्न नं ३. कक्षा ५ मा सामाजिक समस्या र समाधान भन्ने पाठ शिक्षण गर्न कुनै दुईओटा विशिष्ट उद्देश्य तयार गरी कक्षा शिक्षण पश्चात विद्यार्थी मूल्याङ्कन गर्न तीनओटा प्रश्न तयार पार्नुहोस् ।
प्रश्न नं ४ सजीव र निर्जीव वस्तुहरुको वर्गीकरण गर्ने चारओटा आधारहरुको सूची बनाई सजीव बस्तुको बारेमा कक्षा ४ मा शिक्षण गर्दा प्रयोग गर्न सकिने कुनै तीनओटा स्थानीय शैक्षिक सामाग्रीहरुको उल्लेख गर्नुहोस् ।
प्रश्न नं ५. What are the difficulties english language teaching in primary level ? How do you solve them ?
प्रश्न नं ६ स्वास्थ्य शिक्षा विषय शिक्षणका लागि कुनै ४ चार उपयोगी विधिहरु उल्लेख गर्नुहोस् र कक्षा ३ को खानेकुराको स्रेत भन्ने पाठ शिक्षण गर्दा प्रयोग गरिने कार्यकलापहरु लेख्नुहोस् ।
प्रश्न नं ७ नेपालको सन्दर्भमा प्राथमिक तहमा स्थानीयस्तरमा पाठ्यक्रम निर्माण गर्नु किन आवश्यक छ ? कारणहरु उल्लेख गर्नुहोस् ।
प्रश्न नं ८ प्राथमिक तहमा बालमैत्री सिकाइ वातावरण निमार्णका लागि सिर्जनात्मक कला विषय शिषणले खेल्न सक्ने भूमिकाबारे कुनै पाँचओटा बुँदाहरु लेख्नुहोस् ।
प्रश्न नं ९ नेपालजस्तो बहुभाषिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक विविधता रहेको समाजमा एउटा विद्यालयले विविधता व्यवस्थापनमा खेल्नुपर्ने भूमिकामा आधारित भई समावेशी शिक्षाका लागि विद्यालयले सञ्चालन गर्न सक्ने ५ ओटा कार्यक्रमहरु र ती कार्यक्रमहरुबाट प्राप्त हुने सम्भावित उपलब्धिहरुसमेत उल्लेख गर्नुहोस ।
श्रोत सामाग्री online
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।