बान्तावा लाक्छामको बार्षिक सभा सम्पन्न

Spread the love

इटहरी । भोजपुरे वान्तावा राई साकेन्वा लाक्छाम संरक्षण समिति सुनसरीले आफ्नो १९औ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष पूर्ण बहादुर राईको सभापतित्वमा किरात राई यायोक्खा प्राकास हाँसपोसाको सभाहलमा सम्पन्न गरेको छ ।

भोजपुरमा जन्म भई हाल सुनसरीको विभिन्न भूगोलमा बासोबासर गर्दै गरेका किरात राई समुदाय भित्रका वान्तावा भाषिराईहरुले आफ्नो मौलिक साँस्कृतिक उत्सव बैसाखे पूर्णिमाको दिनबाट शुरु हुने साकेन्वा/साकेला महाचाँडको अवसरमा नाचिने साँस्कृतिक नाच साकेन्वा लाक्छामको समग्र विकास र संरक्षण गर्ने उद्देश्यले आफनो स्थापनाको १९औ बर्ष टेकेको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

संस्थाको केन्द्रीय बार्षिक साधारण सभाको औपचारीक कार्यक्रमका प्रमुख अतिथी एवम किराया सुनसरी उपाध्यक्ष हिन्दुहाङ राईले पानसमा दिप प्रज्वलन गरी समुदघाटन गरेका थिए । संस्थाले स्थापनाको १९औ बर्ष परिपक्वता उमेर पार गर्दै गर्दा विभिन्न आरोह अवरोहहरु छिचोल्दै लामो फर्को मारी समुदायकै भाषिक र साँस्कृतीक विधालाई संस्थागत गर्न सफल भएको बताउदै यस अभियानमा निरन्तर लागि रहने संस्थाका अध्यक्ष, पदाधिकारी एवम् सम्पूर्ण टिमलाई प्रमुख अतिथि हिन्दुहाङ राईले धन्यबाद दिदै यस अभियानलाई आगमी दिनहरुमा समेत निरन्तरता प्रदान गर्न लागिरहन सुझाव दिए ।

कार्यक्रमका विशेष अतिथी किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष विशाल राईले संस्थाको १९औ वार्षिक सभाको पूर्ण सफलताको शुभकामना दिदै संस्थाको यो अभियानमा आफ्नो संस्थाले सक्ने सक्तो संस्थागत सहयोग दिने प्रतिबद्धता गरे । कार्यक्रमा अर्का अतिथी प्राध्यपाक अमर तुम्याङले यो लाक्छामले किरात राई वान्तावा भाषीहरुको सिंगो संस्कृतिक इतिहास बोकेले यसलाई अझै संरक्षण गर्दै थप विकास गर्दै लैजानु पर्ने बताए ।

सुनसरी तथा अन्य ठाउँहरुमा आयोजना हुने विभिन्न सामाजीक गतिविधी एवम अभियानहरुमा संस्थाले सहभागीता जनाउदै आइरहेको र सहयोगहरु समेत गर्र्ने गरेको संस्थाका अध्यक्ष पूर्ण बहादुर राईले बताए । संस्थाका कोषाध्यक्ष निर्मला राईले हाल संस्थाको नाममा कुल बजेट करीव पाँच लाख भन्दा माथी रहेको जानकारी गराए । कार्यक्रममा आधा दर्जन संस्थाको आजीवन सदस्य र सिली माङ्मा, सिली माङपाहरुलाई ताम्रापत्र र दोसल्लाले सम्मान गरीएको थियो ।

२०५८ सालमा विधिवत स्थापना भएको यस संस्था सामाजीक र साँस्कृतिक अभियान्ता मातृभाषा पत्रकार स्व. श्यामराज राई दुब्देङहाङको अगुवामा पूर्ण बहादुर राईको अध्यक्षतामा पहिलो कार्यसमिति गठन भई हालसम्म निरन्तर रुपमा वान्तावा राई भाषिहरुको बृद्धी विकासमा कार्य गरिरहेको छ ।

5490cookie-checkबान्तावा लाक्छामको बार्षिक सभा सम्पन्न

प्रतिकृया दिनुहोस्