२०८० आश्विन १२ शुक्रबार

चार तला माथिबाट खसेका विकलाई नोबेलले बचायो

बिराटनगर । चार तला माथिबाट खसेर मरणासन्न अवस्थामा पुगेका धरानका देव विकलाई परिवारका सदस्यले बचाउँन सक्ने आश मारिसकेका थिए । शरीरका बिभिन्न भागमा गंभीर चोट लाग्नुका साथै मृगौलासमेत छेडिएर बाहिर निश्किदा २४ बर्षीय विकको अवस्था चिन्ताजनक थियो । रक्ताम्य अवस्थामा रहेका उनलाई उद्धार गरेर धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याईयो । तर, त्यहाँ उपचार हुँन नसक्ने भन्दै डाक्टरले रिफर गरेर पठाएपछि परिवारका सदस्य झन अत्तालिए ।

घोपाबाट अचेत अवस्थामा नोेबेल शिक्षण अस्पताल ल्याईएका विक उपचार पश्चात अन्ततः निको भएपछि परिवारका सदस्य हर्षित छन् । ‘सुरुमा भाईको अवस्था देख्दा लगभग हामीले माँया मारिसकेका थियौ ।’ देवकी आफन्त गोमा खातीले भनिन् ‘धन्न अप्रेशन सफल भयो । भाई बाच्यो, हामी सवैलाई धेरै खुशी लागेको छ ।’

नोबेल शिक्षण अस्पतालका डा.मनिस गौतम नेतृत्वको चिकित्सकहरुको टोलीले उनको शल्यक्रिया गरेको हो । ‘नोबेल ल्याईपुर्याउँदा उहाँको अवस्था धेरै जटिल थियो । तरपनि उहाँलाई अप्रेशन गरेर बचाउँँन सफल भयौ ।’ डा.गौतमले भने ।

शल्यक्रिया पश्चात बिकको स्वास्थ्यमा सुधार आएको छ । मायाँ मारिसकेको मान्छेलाई नोबेलले बचाएको भन्दै उनको परिवारमा खुशीयाली छाएको छ । १३ दिनको उपचार पश्चात निको भएर बिक अहिले अस्पतालबाट घर फर्किएका छन् ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएको नोबेलले जटिल र दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । राम्रो उपचारका कारण नोबेलमा बिरामीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

२०७६ कार्तिक १, शुक्रबार १४:५९ गते 0 Minutes 83 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार