
बझाङमा । आफ्नै भान्जी करणी गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले पटक पटक यस्तो हर्कत गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बिहीबार करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।
यो पनि पढ्नुहोस : आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ
झापा। आफ्नै मामाले किशोरी भन्जीलाई करणी गरेको बुझिएको छ । झापाको शिवसताक्षी नगरपालिका-११, दुधेका ४१ वर्षीय मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी गरेको घटना बाहिरीएको छ ।
उनले करणी गरेको घटनालाई ढाकछोप गर्नको लागि परिवारका सदस्य नै सक्रिय भएको खुलेको छ । गत बिहीबार बिहान घरमा कोही नभएको मौका छोपेर मामाले यस्तो हर्कत गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीको बताएकी छन्।
स्थानीय एक विद्यालयमा अध्ययनरत किशोरीले साथीलाई रुदैँ घटनाबारे सुनाएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेले आरोपितलाई नै पक्राउ गरेको छ। पीडितकी बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावकसमेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी हुन् ।
अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पीडित किशोरीकी आमालाई समेत दबाब र प्रभावमा पारेर मेडिकल टेस्ट र जाहेरी दर्ता नगर्न दबाब दिइरहेका बुझिएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले पीडित किशोरी र अभियुक्तको समेत मेडिकल चेकजाँच गरिएको छ । पीडीत बालिका अहिले विद्यालय र प्रहरीको संरक्षणमा राखिएको छ । यो घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।