
काठमाडौं/ सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन नेवार समुदायको भाइटीका पर्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।
सोही क्रममा केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्माओलीसँग पनि यो विषयमा छलफल गरेका थिए । सो छलफलका क्रममा प्रधानमन्त्री ओली १३ गते सार्वजनिक विदा दिन सकारात्मक भएका थिए । त्यसलगत्तै मन्त्रिपरिषद बैठकले उक्त दिन विदा दिने निर्णय गरेको हो । यद्यपि, पाञ्चांग निर्णायक समितिका अनुसार तिहारको भाइटीका भने कात्तिक १२ गते परेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।