२०८० आश्विन १२ शुक्रबार

बेलबारीमा पहिलो पटक नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँने

मोरङ / मोरङको बेलबारीमा पहिलो पटक नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँने भएको छ । नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले आगामी मंसिर ६ देखि ८ गतेसम्म तीन दिने प्रतियोगिता आयोजना गर्ने भएको हो ।
मोरङ जिल्लामै पहिलो पटक हुँन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालसहित ८ देशका करिव ६ सय खेलाडी सहभागि हुँने बेलबारी नगर सितोरियो कराते संघका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिईन् । प्रतियोगिताको उपाधिका लागि नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, मलेसिया र इराकका खेलाडीवीच प्रतिस्पर्धा हुँनेछ । बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तृृतियले ५० हजार नगद पुरस्कार पाउँनेछन् ।

यसैवीच प्रतियोगितालाई बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिता प्रायोजनका बिषयमा आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र बेलबारी नगर सितोरियो कराते संघका अध्यक्ष सञ्जय सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सोहि अवसरमा बोल्दै नोबेल अस्पतालका सञ्चालक डा.शर्माले खेलकुद क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहनका लागि सहयोग गरेको प्रतिक्रिया दिएका छन् ।

 

२०७६ कार्तिक ७, बिहीबार ११:१७ गते 1 Minute 134 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार