
सर्टकट कि, एप तथा केही फरक ट्रिक्सहरुको सहायताले कम्प्युटरमा काम गर्न सजिलो हुन्छ । विन्डोज चलाउनु हुन्छ भने, ‘विन्डोज कि + डी ’ थिच्नुहोस् , तपाइले खोलेका सबै विन्डोज लुक्छन् अनि डेस्कटप देखिनेछ र फेरी त्यसरी नै ‘विन्डोज कि + डी ’ थिच्नहोस् पहिला झै जस्ताको त्यस्तै सम्पूर्ण कुराहरु देखा पर्दछन् । यो जस्तै रोचक केही ट्रिक्सहरु जानि राखौं ।
कि-बोर्ड प्रेस बाट
सरल तरिकाले विन्डोज वा म्याक अपरेटिङ्ग सिस्टम भएका कम्प्युटर चलाउनका लागि केही अनौठा ट्रिक्सहरु:-
१. झुक्किएर वा जानि-जानि बन्द गरिएको ट्याब फिर्ता गर्न :
वीन्डोजमा गुगल क्रोम चलाइरहनु भएको छ र झुक्किए कुनै ट्याब बन्द भएमा वा जानि-जानि बन्द गरिएका ट्याब पुनः चाहिएमा ‘कन्ट्रोल +सिप्ट + टी ’ (Ctrl+Shift+T) र यदि म्यक चलाइरहनु भएको छ भने ‘कमान्ड +सिप्ट +टी ’ (Command+Shift+T) कि कम्बीनेशन प्रेस गर्नुहोस् बन्द भएको ट्याब फेरी खुल्नेछ ।
२. स्क्रिनबाट कुनै चाहेको तस्बिर वा क्षेत्रमात्र निकाल्न :
विन्डोजमा स्क्रिन सट लिन किबोर्डमा भएको ‘स्क्रिन सट ’ (PrntScr) थिच्नुहोस । यो कि ले तपाइको स्क्रिनमा अहिले जे देखिएको छ त्यसलाई क्याप्चर गर्नेछ । अब माइक्रोसप्ट पेन्ट वा माइक्रोसप्ट वर्ड खोल्नुहोस अनि ‘कन्ट्रोल +भी ’ (Ctrl + V) कि प्रेस गर्नुहोस् वा मेनुबाट ‘पेस्ट ’ क्लिक गर्नुहोस् , यसो गर्दा पुरै स्क्रिनको तस्बिर आउनेछ । तर यदि स्क्रिनको कुनै एउटा सानो क्षेत्रको मात्र तस्बिर चाहिएमा यो उपाया गर्नुहोस् ।
यदि म्याक चलाउनु हुन्छ भने ‘कमान्ड +सिप्ट +४ ’ (Command+Shift+4) कि प्रेस गर्नुहोस् एल टुल खुल्नेछ जसले स्क्रिनबाट चाहिएको क्षेत्रको स्क्रिटसट लिन सक्नुहुनेछ ।
यदि विन्डोज चलाउनु हुन्छ भने स्टार्ट मेनुमा जानुहोस् अनि ‘स्निपिङ्ग टुल ’ (Snipping Tool) टाइप गर्नुहोस्, स्निपिङ्ग टुलमा विभिन्न अप्सन भेटिनेछन्, रेक्टेङगुलर स्निप छान्नुहोस् र चाहिएको भाग काटर सेभ गर्नुहोस् ।
३. एउटै क्लिकले नयाँ ट्यावमा लिङ्क खोल्न :
वेबसाइटमा कुनै लिङ्क क्लिक गर्दा त्यै ट्यावमा खुलिदिन्छ तर तपाईलाई सो लिङ्क नयाँ ट्याबमा खोल्न मन छ भने लिङ्कमा राइट क्लिक गरेर ‘ओपन इन निउ ट्याब ’ (Open in new tab) वा कन्ट्रोल थिचेर लिङ्कमा क्लिक गर्नु पर्छ र यो भन्दा सजिलो उपाय चाहिएमा लिङ्कलाई पोइन्ट गरेर माउसको बिचको (स्क्रल गर्न प्रयोग गरिने) बटन क्लिक गर्नुहोस् सो लिङ्क अर्को ट्याबमा खुल्नेछ ।
५. फाइलको अर्को कपी बनाउन :
कुनै फाइल (तस्बिर, भिडियो, वा अन्य) को अर्को प्रति बनाउन सो फाइललाई ‘कपि’ गरेर ‘पेस्ट ’ गर्न सकिन्छ । अथवा सो फाइललाई माउसको लेफ्ट बटनद्वारा होल्ड गरेर ड्रयाग गर्नुहोस् र चाहिएको ठाउँसम्म तानी लगेर छोड्दा एउटा अप्सन मेनु आउछ सो मेनु बाट ‘Copy Here’ अप्सन छन्नुहोस र डुप्लिकेट फाइल बनाउनु होस र अर्को तरिका, यदी तपाईले प्रयोग गर्नु भएको ओ. एस. विन्डोज हो भने कि-बोर्डको ‘कन्ट्रोल ’ र म्याक हो भने ‘अल्टर ’ कि प्रेस गरेर कपी गर्नु पर्ने फाइललाई होल्ड गरी ड्रयाग गर्ने र सो फाइललाई छाडी दिदा अर्को डुप्लिकेट प्रति बन्नेछ ।
६. युट्युबका लागि ट्रिक
युट्युबमा भिडियो ‘पज ’ गर्न सामान्यतया ‘स्पेस कि ’ प्रयोग गरिन्छ, तर भिडियो सेलेक्ट भएको छैन भने पेज स्क्रल हुन्छ । सेलेक्ट नभए पनि युट्युब भिडियो ‘पज’ र ‘प्ले ’ गर्न ‘के ’ कि प्रेस गर्दा हुन्छ ।
सेलेक्ट गरिएको युट्युब भिडियोको ५ सेकेन्ड पछाडी आउन ‘लेफ्ट एरो कि ’ र ५ सेकेन्ड अगाडी जान ‘राइट एरो कि ’ को प्रयोग गर्न सकिन्छ भने, सेलेक्ट नभए पनि युट्युब भिडियोको १० सेकेन्ड पछाडी आउन ‘जे कि ’ र १० सेकेन्ड अगाडी जान ‘एल कि ’ प्रेस गर्न सकिन्छ ।
७. विन्डोलाई स्क्रिनको साइडमा वा यता-उता, तल-माथि सार्न ‘विन्डोज कि ’ प्रेस गरेर कुनै एक (दायाँ, बाँया ) एरो कि प्रेस गर्नु पर्छ ।
८. चाहिएको विन्डो बाहेक अरु सबै मिनिमाइज गर्न :
मानि लिउ कि तपाइले गुगल क्रोम, माइक्रोसफ्ट वर्ड, एक्सल आदी थुप्रै प्रोग्राम खोल्नुभएको छ । तपाईलाई माइक्रोसफ्ट वर्ड बाहेक अरु सबै प्रोग्राम मिनिमाइज गर्न आवस्यक परेको छ भने खुलेका सबै प्रोग्राममा जादै मिनिमाइज बटन क्लिक गर्दा समय धेरै लाग्ने हुनाले ‘विन्डोज +एम ’ कि प्रेस गरेमा सबै विन्डोज मिनिमाइज हुन्छन् अनि चाहिएको प्रोग्राम मात्र म्याक्सिमाइज गर्न सकिन्छ । तर यो भन्दा रमाइलो आर्को तरिका चाहि, धेरै प्रोग्राम खुलिरहेका छन् ति मध्ये चाहिएको कुनै एक प्रोग्रामको टाइटल बारमा माउस लगेर लेफ्ट बटन होल्ड गर्नुहोस् र त्यसलाई नछोडी दाँया बाँया हल्लाउनुहोस् अब तपाईले होल्ड गरेको प्रोग्राम बाहेक अरु सबै प्रोग्राम मिनिमाइज हुनेछन् । माउसको बटन छोडेर फेरी सोही प्रक्रिया दोहोर्याउनु भयो भने सबै प्रोग्राम म्याक्सिमाइज हुनेछन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।