२०८० आश्विन १४ आईतवार

सावाधान ! लो ब्लड प्रेसरका कारण अकालमा ज्यान जान सक्छ ।

के हो लो ब्लड प्रेसर ?

धरान / सामन्य स्वास्थ्य मानिसको रक्तचाप १२० र ८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९० र ६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या छ भनेर बुझ्नु पर्दछ । मुटुको समस्या र मुटु सम्बन्धि रोगले पनि रक्तचाप कम अर्थात लो ब्लड प्रेसर हुनसक्छ । इन्डोक्राइन समस्या, थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र कहिले कहिं मधुमेहले गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।

डिहाइड्रेसन शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ । कुनै कारणबस दुर्घटना भइ चोटपटकको कारण रक्तश्राव भएर अचानक शरीरमा रगतको कमी भयो भने पनि रक्तचाप न्युन हुन्छ । पोषणको कमी शरीरमा भिटामिन बि १२ र आइरनको कमीले एनीमिया हुन्छ ।

यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।औषधी उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको औषधी सेवन धेरै लिनाले पनि रक्तचाप न्युन हुनसक्छ । यसका साथै चक्कर आउँदा, डेँगु मलेरिया, कुनै डरलाग्दो दृश्य देख्दा रत्तचाप न्युन हुनसक्छ ।

यसको लक्षण

थकान लाग्छ, कमजोरी महसुष हुन्छ, चक्कर आउँछ, दृष्टि धमिलो हुन्छ,छालामा पहेंलोपन देखिन्छ ।
शरीर चिसो हुन्छ,, धेरै तिर्खा लाग्छ, छिटो छिटो सास बढ्छ ।

लो ब्लड प्रेसर किन खतरनाक छ ?

यदि तपाईको न्युन रक्तचाप छ भने त्यसको समयमा उपचार गर्नुपर्छ । अन्याथा यसले खतरा रोगलाई निम्त्याउँछ । यसले तपाईको स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ । चक्कर आएर जहाँपनि ढल्न सक्छ ।

अब के गर्ने ?

अक्सर चिकित्सकले नुन कम खाने सल्लाह दिन्छन् । तर, न्युन रक्तचापमा सोडियमको मात्रा केहि धेरै हुनुपर्छ । यदि नुन सेवन मन पर्दैन भने सोया सस सेवन गर्न सकिन्छ । भरपुर पानी पिउनुपर्छ ।

यसरी सुरक्षित रहने

धेरै तातो पानीले नुहाउन हुँदैन, यसले शरीरमा तापमान बढ्छ । पर्याप्त निन्दा लिनुपर्छ । नियमित र थोरै समयको अन्तरालमा थोरै थोरै खाना खाने । चिन्ताबाट टाढै रहनुपर्छ ।

२०७६ कार्तिक ११, सोमबार १०:४८ गते 0 Minutes 34 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।