२०८० मंसिर २४ आईतवार

धरानकाे मेयर पदका लागि नेकपाले नाम सिफारिस गर्यो, प्रदेश र केन्द्रको निर्णयले अन्तिम टुङ्गो लाग्ने

धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयर पदका लागी सत्तारुढ दल नेकपाको उपमहानगर कमिटिले ३ जनाको नाम सिफारिस गरेको छ ।
पार्टी कार्यलयमा आज बसेको नेकपा उपमहानगर कमिटिको पूर्ण बैठकले जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य बेणु काफ्लेकाे नाम सिफारिस गरेकाे हाे ।

 सिफारिस गरिएको नाम जिल्ला कमिटि, प्रदेश कमिटि हुदै केद्रीय कमिटिमा पुगी उमेदवारको टुङ्गो लाग्ने नगर अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । माथिल्लाे कमिटीकाे निर्देशन अनुसार ३ जनाकाे नाम सिफारिस गरिएकाे उनले बताए ।

यस अघि कार्तिक १३ गते नाम सिफरीस गर्न बसेको उपमहानगर कमिटिको बैठक छलफलकालागी पर्यप्त समय नभएकोे भन्दै बैठक आजकालागी सारीएको थियो ।
नेकपा केन्द्रीय कमिटिले कार्तिक १० गते भित्र उमेदवारको नाम सिफरीस गर्न मातहतका कमिटिलाई निर्देशन दिए पनि आकाक्षीहरु धेरै भएकाले उमेदवारको टुङ्गो लगाउन सकिरहेको थिएन ।

यस अघी धरानको मेयर पदको नेकपा भित्र  केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार  मेयाङम्बो, आइन्द्रविक्रम बेघा, जिल्ला सदस्य प्रकास राई, पदम इम्वो, तिर्थ मास्के, चोत्लुङ  लगायत एक दर्जन बढीकाे नाम आएको थियाे  ।

२०७६ कार्तिक १५, शुक्रबार १०:४७ गते 1 Minute 63 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।