२०८० आश्विन १२ शुक्रबार

मोबाइलको रेडिएसन (विकिरण) कति खतरनाक? जानी सके पछी अन्जान नबन्नु होला।

मोबाइल फोन आजको दुनियाँलाई नभइ नहुने बस्तु भई सकियो । स–साना बालक देखि बृद्ध–बृद्धा सम्मलाई पनि मोबाइल फोन प्रति उच्च मोह जागेको देखिन्छ भने राजनितिज्ञ, उद्योगी, व्यपार-व्याबसायी, समाजसेवी, कर्मचारी, विद्यार्थी देखि लिएर सर्बसाधारणसमेतलाई  त मोबाइल फोन बिना उनीहरुसंग सम्बन्धीत कार्यहरु गर्नु नै असम्भब भई सकेको अवस्था देखिन्छ। आधुनिकताको चरम बिकाश संगै बिज्ञानले बिकाश गरेका जति पनि इलेक्ट्रोनिक डिभाइसहरु छन् ति सबैले मानब जन-जिवनमा धेरै या थारै नकारात्मक असर पारेकै हुन्छ भने अन्य जिवहरुको समेत नाश हुने गर्दछ। उक्त इलेक्ट्रोनिक डिभाइसहरु मध्य मोबाइल फोनको रेडिएसन कति खतरनाक ? भन्ने कुरा जान्न लाई कसैलाई फुर्सद छैन। सरकारले राजनिती किचलो समाधान गर्न मै अधिक समय खर्चेको देखिन्छ तर यस्ता खाले जन-स्वास्थ लाई गम्भिर असर गर्ने बिषयमा जन-चेतना र सजकता अपनाउने सवालमा ध्यान दिएको देखिन्दैन। यता उपभोक्ता आफै पनि सजकता अपनाउने कुरामा चासो दिएको छैन। मोबाइल फोनबाट निस्कने रेडिएशनको बारेमा विभिन्न सामाजिक सञ्जालमा भिडियोहरु आइरहेका छन्। त्यस्ता भिडियोमा मोबाइलको रेडिएसनबाट मानिसको स्वास्थमा गम्भिर असर गर्ने अनि रेडिएशनको अधिक र लामो असर रहेमा क्यान्सर, ट्युमर हुने खतरा हुन सक्ने कुरा उल्लेख पाइन्छ।

WHO को भनाई ?
शुरुवातमा WHO ले मोबाइल फोनबाट निस्कने रेडिएशनले मानब स्वास्थमा केही असर नगर्ने बताएता पनि पछिल्लो समयमा यसबाट हुन सक्ने खतराको पुनः अनुसन्धानका लागि लगभग १४ देशका ३१ जना बैज्ञानिकहरुको सहभागितामा रहको अनुसन्धानले जसरी एक घरमा रहेको माईक्रोवेभ ओभनले त्यस घरको सदस्यको स्वास्थमा धेरै असर गर्दछ त्यो भन्दा बढी असर एउटा मोबाइल फोनले गर्न सक्ने सम्भावना रहन्छ। जुन क्यान्सर जस्तो भयानक रोग लाग्न सक्ने Glioma र Acoustic Neuromas भन्ने २ प्रकारको क्यान्सर हुन सक्ने कारण अधिक मोबाइल कै प्रयोगको परिनाम सार्बजानिक भएको पाईन्छ।

के हुन्छ रेडिएशन को साइड एफेक्ट्स ?
 हमेशा टाउको दुख्ने गर्दछ ।
 टाउकोमा झन्झनाहट पैदा हुने ।
 लगातार थकान महसुस हुने ।
 चक्कर आउनु ।
 डिप्रेशनमा रहनु ।
 निद्रा नलाग्नु अथवा आँखामा सुक्खापन रहनु ।
 काममा बिल्कुल ध्यान नलाग्नु ।
 कान बज्नु अनि सुन्ने क्षमता बिस्तारै कम हुनु ।
 सम्झने सक्ति कमजोर हुनु ।
 पाचन प्रक्रिया गड्बडी भईरहनु ।

कसरी बच्ने मोबाइल फोनबाट निस्कने रेडिएशनबाट ?
निम्न कार्यहरुमा ध्यान पुर्‍याएमा फोनबाट उत्पन्न हुने रेडिएसनलाई हामी अलि टाढा बनाउन सक्छौं र त्यसको जोखिमबाट पनि बच्न सक्छौं ।
 मोबाइल फोन शरिरलाई छुने गरी नराखी आफ्नो शरीरबाट टाढै राख्ने ।
 मोबाइल फोनलाई ह्याण्ड्स–फ्री मोड (लाउड स्पीकर अन) मा वा इयरफोन प्रयोग गर्ने,
 मोबाइल फोन कल भन्दा म्यासेज मार्फत बढी कुराकानी गर्ने,
 सुत्ने बेलामा सिरानीमा र बेडमा मोबाइल फोन कदापी नराख्ने,
 फोन सम्पर्क भईसके पछि मात्र कान नेर लैजाने,
 लामो समय सम्म मोबाइल फोनमा बोल्ने, गेम खेल्ने, सामाजिक सञ्जाल चलाउने र अन्य काम नगर्ने,
 सम्भब भए मोबाइल फोन भन्दा ल्यान्डलाईन फोनको प्रयोग गर्ने ।
 बालबालिकालाई मोबाइल फोन खेलाउन कहिलै नदिने, दिनै परे फ्लाइट मोडमा राखेर दिने ।
 पेसमेकर लगाएका ब्याक्तिहरुलाई त मोबाइलले ज्यादै नोक्सान गर्ने भएकोले सकभर नचलाउने ।
 मोबाइल फोनलाई चार्जमा राखेर कहिलै कुरा नगर्ने कारण यस बेला १० गुणले रेडिएशन बढेको हुन्छ।
 हिड्दै फोनमा नबोल्ने अनि Weak Signal भएको बेला पनि फोन प्रयोग नगर्ने र
 मोबाइल फोन किन्दा SAR (Specific Absorption Rate) भ्याल्यु कम भएको किन्ने र तपाई संग भएको मोबाइलको सार भ्याल्य बढी भएमा सो फोनको प्रयोग नगर्ने ।

कुन मोबाइल फोनमा कति रेडिएसन ?

कुन मोबाइल फोनले कति रेडिएसन उत्पन्न गर्छ भनेर “जर्मन फेडरल अफिस फर डेटा प्रोटेक्शन” ले एक सूची नै तयार पारेको छ। जसमा कयौं नयाँ र पुराना स्मार्टफोनबाट निस्कने रेडिएशनको जानकारी दिइएको छ। कुन फोनले कति रेडिएसन उत्पन्न गर्छ भन्ने कुरा पत्ता लगाउन *#07# डायल गरेर, https://sarshield.com/radiation-chart वेबसाइट भिजिट गरेर अथवा google मा गएर Sar value of….. (मोबाइलको नाम र मोडेल)…. टाइप गरेर सर्च गर्दा जुनै पनि माबाइलको SAR भ्यल्यू प्राप्त गर्न सकिन्छ। यो कोड डायल गरेपछि मोबाइलको स्क्रीनमा रेडिएसन सम्बन्धी जानकारी देख्न सकिन्छ। यसमा दुई किसिमबाट रेडिएसनको स्तर देखाइन्छ। एक ‘‘हेड’ र अर्को ‘‘बडी’, हेड भन्नाले फोनमा कुराकानी गर्ने क्रममा मोबाइल रेडिएसनको स्तर कति ? र बडी भन्नाले फोन प्रयोग गर्ने क्रममा या गोजीमा राखेका बेला रेडिएसनको स्तर कति हुन्छ ? भन्ने यसबाट थाहा पाउन सकिन्छ। मोबाइलको रेडिएसनको मानक अधिकतम १.६ Watt प्रति किलोग्राम भन्दा बढी हुनु हुँदैन। तर नेपाली बजारमा कुनै अनुगमनबिना जस्तो पनि स्मार्टफोन भित्रिने क्रम जारी छ। रेडिएसनको स्तर मापन नगरी नै नेपालमा चीन र भारत तथा तेस्रो मुलुकबाट जुनसुकै मोबाइल फोन धमाधम आइरहेका छन्।
यहाँ सबैभन्दा बढी रेडिएशन उत्पन्न हुने मोवाइलहरुमा ‘हूवावे, मोटोरोला, ‘नोकिया लूमिया आदि छन्। हुवाले, मोटोरोलाको रेडिएसन १.५९ Watt प्रति किलो हुने गर्छ। सामसुङ ग्यालेक्सीका फोनहरुमा पनि उति नै रेडिएसन पाइन्छ। ब्लाकबेरीमा १.५१, सोनी इरिक्सनमा १.५१, ओप्पोको एफ १ एसमा ०.३६ Watt प्रति किलो रेडिएसन हुन्छ। यता आइफोन ५ मा भन्दा आइफोन ७ प्लसले कम रेडिएसन उत्पन्न गर्छ । सामसुङका विभिन्न मोडल अनुसार रेडिएसन फरक छ। सामसुङको एस ७ ले १.५९ Watt प्रति किलो रेडिएसन उत्पन्न गर्छ भने सामसुङकै मोबाइलहरु ०.१८२ Watt प्रति किलो रेडिएसन उत्पन्न गर्ने पनि छन्। रेडियो फ्रीक् वेन्सी सबैभन्दा बढी फोनको भित्र रहने एन्टेनामा हुन्छ ।

२०७६ कार्तिक १६, शनिबार १४:२२ गते 1 Minute 61 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार