
नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तराष्ट्रिय कलका लागी आईएसडी सुविधा, उपभोक्ता आफैले लिन सक्ने गरी सेवा सञ्चालनमा ल्याएको छ।
शुरुमा आईएसडी सुविधा लिन जीएसएम मोबाइलका लागि ‘००००’ र सीडीएमए मोबाइलका लागी ‘१२३४’ डिफल्ट पिन नम्बर हुने छ। सेवाग्राहीले जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागी *३३१*PIN# डायल गर्नु पर्नेछ, भने सेवा बन्द गर्नको लागी #३३१*PIN# डायल गर्नु पर्नेछ। साथै आफ्नो आईएसडी सेवा खुल्ला वा बन्द रहेको जानकारी लिनका लागी *#३३१# डायल गर्नु पर्नेछ। सेवाग्राहीले सुरक्षाका लागी डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने छन्। यसरी सो पिन नम्बर परिवर्तन गर्नका लागी **०३*३३१*OLD PIN*NEW PIN# डायल गर्नु पर्नेछ।
साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *८१ डायल गर्नु पर्नेछ। आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *८२ डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागी *८२० डायल गर्नु पर्नेछ।
नेपाल टेलिकमको जीएसएम प्रि-पेइड वा पोष्ट पेइडमा फेमिलि एण्ड फ्रेण्डस सुबिधा लिनको लागि निम्न प्रकृयाहरु अपनाउनु पर्छ ।
१) फेमिलि एण्ड फ्रेण्डस सुबिधा एक्टीभ गर्नका लागी म्यासेज बक्समा FNF SUB टाईप गरी १४१५ मा म्यासेज सेन्ड गर्ने।
२) एक्टीभ भए नभएको जानकारी एस.एम.एस. मार्फत प्राप्त हुन्छ। एक्टीभ भए पछि ५ जना फेमिलि वा फ्रेन्डसहरुको नम्बर एड गर्नका लागी FNF ADD*Number टाईप गरेर फेरि १४१५ मै सेन्ड गर्ने। यसरी ५ जना लाई एड गरेर, सो ब्याक्तिहरुसंग ७० पैसा पर मिनेटमा कुरा गर्न सकिन्छ।
३) ५ जना फेमिलि वा फ्रेन्डसहरु मध्ये कसैको नम्बर परिवर्तन गर्न परेमा FNFMOD*Old Number*New Number# टाइप गरेर १४१५ मै सेन्ड गर्नु पर्छ।
४) कुनै FNF नम्बर डिलिट गर्नु परेमा FNFDEL*Number टाइप गरेर १४१५ मै सेन्ड गर्नु पर्छ।
५) FNF लिस्ट हेर्नको लागी FNFINQ टाइप गरेर १४१५ मै सेन्ड गर्नु पर्छ।
नेपाल टेलिकमको जीएसएम प्रि-पेइड वा पोष्ट पेइडमा भ्वाइस प्याक लिनको लागि निम्न तरिकाहरु अपनाउनु पर्छ।
१) सबै अफरहरुको लिस्ट प्राप्त गर्न *१४१५# डायल गरी कल गर्नु पर्छ।
२) नर्मल भ्वाइस प्याक लिनको लागी *१४१५*४# वा *१४१५*१५# डायल गरी कल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
३) डे भ्वाइस प्याक लिनको लागी *१४१५*९# डायल गरी कल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
४) इन्डियाका लागी भ्वाइस प्याक खरिद गर्नका लागी *१४१५*७# डायल गरी कल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
५) नाइट भ्वाइस प्याक खरिद गर्नका लागी *१४१५*१७# डायल गरी कल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
६) भ्वाइस प्याकको भोल्यूम कत्ति छ भन्ने कुराको जानकारी लिनको लागी *१४१५*५५# गर्नु पर्छ।
नेपाल टेलिकमको जीएसएम प्रि-पेइड वा पोष्ट पेइडमा इन्टरनेट डाटा लिनको लागि निम्न तरिकाहरु अपनाउनु पर्छ।
१) नाइट अनलिमिटेड इन्टरनेट डाटा लिनको लागी *१४१५*३# डायल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
२) नाइट अफर (५० प्रतिशत बोनस) इन्टरनेट डाटा लिनको लागी *१४१५*१२# डायल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
३) Weekend Pack इन्टरनेट डाटा लिनको लागी *१४१५*२# डायल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ। हेप्पी वीकेण्ड प्याक एक्टीभ गर्न *१४१५*२१# मा कल गर्नु पर्छ।
४) प्रि-पेइड ३ जी र ४ जीमा प्रति दिनका लागी इन्टरनेट डाटा लिन *१४१५*६# डायल गरी कल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
५) सोसल मेडिया (५० प्रतिशत बोनस) इन्टरनेट डाटा लिनको लागी *१४१५*१३# डायल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
६) स्ट्रीमिङ्ग प्याक (५० प्रतिशत बोनस) इन्टरनेट डाटा लिनको लागी *१४१५*१४# डायल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
७) ४ जी अफर (१०० प्रतिशत बोनस) इन्टरनेट डाटा लिन *१४१५*१६# डायल गरी कल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
८) प्रि-पेइड ३ जी र ४ जीमा प्रति दिनका लागी इन्टरनेट डाटा लिन *१४१५*६# वा *१४१५*१८# डायल गरी कल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
९) अल टाइम् डाटा खरिद गर्नका *१४१५*११# डायल गरी कल गरेर इन्स्ट्रक्शन फलो गर्नु पर्छ।
अन्य सेवा सुबिधा सुचारु तथा जानकारी प्राप्त गर्ने तरिका।
- ब्यालेन्सको जानकारी लिनको लागि *४००# डायल गरी कल गर्नु पर्छ।
- ब्यालेन्स रिचार्ज गर्नु पर्यो भने *४११*रिचार्ज पिन कोड# वा *४१२*रिचार्ज पिन कोड# डायल गरी कल गर्नु पर्छ।
- आफ्नो मोबाइल नम्बर थाहा पाउन *९# डायल गर्नु पर्छ।
- यदी सि.आर.बि.टि. (कलर ट्युन) सेवा सुचारु गर्न चाहनु हुन्छ भने म्यासेज बक्समा गएर SUB टाइप गरेर १४५५ मा एस.एम.एस. पठाउनु पर्छ, र बन्द गर्न चाहनु हुन्छ भने म्यासेज बक्समा गएर UNSUB टाइप गरेर १४५५ मा एस.एम.एस. पठाउनु पर्छ।
- तपाईंको मोबाइलमा सि.आर.बि.टि. (कलर ट्युन) गित छान्न चाहनु हुन्छ भने *१४५५# डयल गरी इन्स्ट्रक्शन फलो गर्नु पर्छ।