प्रकाश राईलाई धरान उप-महानगरपालिकाको मेयरको टिकट

नगरप्रमुखका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
प्रकाश राई : नगरप्रमुखका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
Spread the love

धरान । नेकपा सचिवालय बैठकले धरान उपमहानगरको मेयरको उम्मेद्वारमा प्रकास राईलाई बनाउने निर्णय गरेको छ । दुवै पार्टी अध्यक्षसहितको सचिवालय बैठकले नेकपा जिल्ला कमिटी सदस्य प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय भएको नेकपाका एक प्रदेश कमिटी नेताले जानकारी दिएका हुन । प्रकाश राई स्थानीय स्तरमा परिचित र लोकप्रिय नेता हुन् । मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा मेयरको लागि छनौट गरेको हो ।

यता नेकपा सचिवालय  बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (२) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (१) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ । भट्टराई कास्की २ बाट निर्वाचित सांसद स्व. रवीन्द्र अधिकारीकी पत्नी हुन् । वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् । बाग्लुङ २ (२) राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको बताइएको छ ।

9850cookie-checkप्रकाश राईलाई धरान उप-महानगरपालिकाको मेयरको टिकट

प्रतिकृया दिनुहोस्