प्रिया रानीले जितिन् विश्व विजेताको ताज (चार फोटो सहित)

Spread the love

काठमाडौं । सिरहा गोलबजार नगरपालिका–६ स्थायी घर भएकी २८ वर्षीया प्रियारानी लामाले मलेसियाको राजधानी क्वालालम्पुरमा भएको ‘मिस कस्मोपोलिटन वल्र्ड २०१९’ को ताज जितेकी छिन् । सुन्दरता र बौद्धिकता प्रदर्शन गर्ने प्रतियोगितामा विश्वका ३१ राष्ट्रका युवतीलाई पछि पार्दै प्रियाले विश्व विजेताको ताज पहिरिएकी हुन् । 

‘बेस्ट ट्यालेन्ट’ र बेस्ट नेसनल कस्टम’को उपाधि जित्दै प्रिया फाइनलमा पुगेकी थिइन् । २५ अक्टोबरमा सम्पन्न प्रतिस्पर्धाको फाइनलमा उत्कृष्ट पाँचजनालाई निर्णायक मण्डलबाट सोधिएको प्रश्नको सटीक तथा तार्किक जवाफले अन्य प्रतिस्पर्धीलाई उछिनेर आफू विश्व विजेताको ताज पहिरिन सफल भएको प्रियाले बताइन् ।

‘किन तपाईं अर्को मिस पोलिटन वल्र्ड बन्न चाहनुहुन्छ ?’ निर्णायकले प्रश्न सोधेपछि लामो श्वास फेरेँ,’ उनले भनिन्, ‘म आफूमा विश्वास गर्ने गरी विश्वभरि हरेक महिलालाई सहयोग गर्छु । तपाईं धनी वा गरिब हुनाले फरक पार्दैन, केवल तपाईंको मुटु पछ्याउनुहोस् र तपाईंको सबैभन्दा राम्रो संस्करण हुनुहोस्, किनकि हामी सारा विश्वमा परिवर्तन ल्याउन सक्छौँ भन्ने जवाफ दिएँ ।’ 

9910cookie-checkप्रिया रानीले जितिन् विश्व विजेताको ताज (चार फोटो सहित)

प्रतिकृया दिनुहोस्