२०८० जेष्ठ १८ बिहीबार

सुनसरीको धरानमा नेकपाको चुनावी अभियान तिब्र,प्रचार प्रसारका लागी ५१ सदस्य समिती गठन

धरान / देशभरीका ३४ जिल्लामा यहि मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनका लागी बिशोषगरी सुनसरीको धरानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राई, सहित पार्टीका नेता र कार्यकर्ता प्रचार प्रसारलाई तीब्र रुपमा अगाडी बढाएका छन ।

यहि क्रममा आज शुक्रबार धरानमा पार्टीको प्रचार प्रसारलाई झन बलियो बनाउन पार्टी संगठन सम्बध पत्रकाहरुको ५१ सदस्य धरान उपमहानगर निर्वाचन परिचलन प्रचार प्रसार तथा प्रकाशन उप-समिति नै खडा गरेका छन । जसको नेतृत्व पत्रकार भिम राई ज्वालाले गरेका छन । सह संयोजकमा किशोर कुमार कार्की, जनकऋषि राई, श्रीशिशा राई त्यस्तै सदस्यहरुमा उपेन्द्र चाम्लिङ, रोहित राई, सन्तोष काफ्ले, भोजराज श्रेष्ठ, रत्न आचार्य, विकास चाम्लिङ, रणध्वज लोहार, दिनेश गजमेर, योगेशवावु काफ्ले, धिरेन लिम्बु, शिशिर राई, गोविन्द बस्नेत, तारा लामगादे, भरतराज शर्मा (गोपाल), नवराज विष्ट, सुजन खत्री, देविका चाम्लिङ राई, शौरभ श्रेष्ठ केदार बस्नेत, रोशन दाहाल, दामोदर गुरागांई, मौशमी कार्की, बसन्त राई, ललित राई, विकी श्रेष्ठ, अनिता रसाईली, गणेश तिमल्सिना, खिलानाथ विश्वकर्मा, रश्मी प्रधान, तीर्थ कार्की, धनकुमार राई (मिलन), दिलवहादुर राई, सविना राई, विनोद दर्नाल, रामकृष्ण खड्का, सोहन श्रेष्ठ, रमेश राई, हिन्दुहाङ राई, करिस्मा तामाङ्ग, मणी राई, रुद्र श्रेष्ठ र भोला श्रेष्ठ सदस्य रहेका छन ।

त्यस्तैगरी प्रचार प्रसार तथा प्रकाशन अनुगमन कमिटीको सम्योजकमा
किशोर कार्की रहनुभएको छ भने सदस्यहरुमा देवेन्द्र कार्की, गंगा बराल, निलिफा सुव्वा, आनन्द श्रेष्ठ, राजेश विद्रोही, प्रदिप मेयांग्वो, किशोर थुलुङ, गिरीराज अधिकारी र सागर भटराई रहेका छन ।

नेकपा पार्टी जिल्ला सचिव तथा निर्वाचन परिचालन समिती सम्योजक रमेश बस्नेतको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा अबको दिनमा नेकपाका उम्मेद्धबारलाई अत्याधिक बहुमतले कसरी बिजय हासिल गराउन सकिन्छ भन्ने अभिप्रायले कमिटीहरु बन्दै जाने र ती कमिटीहरुले जोडतोडका साथ आ आफनो ठाउबाट कार्यलाई अगाडी बढाउन निर्दैशनात्मक आग्रह पनि गरिएको थियो । भोली सचिवालय बैठक बसी अन्य कार्यहरु द्रुत गतिामा लैजाने संयोजक भिमराई ज्वालाले बताए ।

– भरतराज शर्मा (गोपाल) तस्विर : उपेन्द्र चाम्लिङ

२०७६ कार्तिक २२, शुक्रबार १३:०६ गते 1 Minute 12 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।