२०८० चैत्र १६ शुक्रबार

नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र


मोरङ ।
मोरङको बेलबारीमा पहिलो पटक हुँन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिराटनगर स्थित नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो ।

प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेल स्थल सजावट, स्वागतद्वार निर्माण, प्रचारप्रशार लगायतको काम तीव्र रुपमा भईरहेको बेलबारी नगर सितोरियो कराते संघका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिईन् । प्रतियोगिता सफल पार्न संघका उपाध्यक्ष सुवास कार्कीको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै मञ्च व्यवस्थापन, अतिथि सत्कार, आवास व्यवस्थापन, लेखा, प्राविधिक, प्रचारप्रशार र स्वयंसेवक व्यवस्थापन समिति निर्माण गरेर प्रतियोगिताको तयारी भईरहेको छ ।

मोरङ जिल्लामै पहिलो पटक हुँन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालसहित ८ देशका करिव ६ सय खेलाडी सहभागि हुँने आयोजक बेलबारी नगर सितोरियो कराते संघका अध्यक्ष सञ्जय सुवेदीले जानकारी दिए । प्रतियोगिताको उपाधिका लागि नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, मलेसिया र इराकका खेलाडीवीच ८५ स्वर्ण, ८५ रजत र १७० कास्य पदकका लागि प्रतिस्पर्धा हुँनेछ । बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तृृतियले ५० हजार नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ ।

२०७६ कार्तिक २३, शनिबार ०९:४५ गते 0 Minutes 70 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार