२०८० आश्विन १४ आईतवार

नेकपा धरानको चुनावी अभियान वडा नं ८ मा, हजारौ संख्याको उपस्थितीमा घरदैलो तथा कोणसभा


धरान । यहि मंसिर १४ गते हुने उप निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्नको लागि नेकपा धरानले धरान उप–महानगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा कोणसभा कार्यक्रमलाई तिब्रता दिएको छ ।


यसै क्रममा आज धरानको वडा नं. ८ मा घरदैलो तथा कोण सभाको आयोजना गरेको छ । नेकपाका धरान नगरको प्रमुखका उम्मेदवार प्रकश राई, संघिय सासद जय कुमार राई लगाएत नेकपाका दर्जनौ केन्द्रिय नेताहरु, जिल्ला, प्रदेशका अगुवा तथा नगरका नेता एवम् सदस्यहरु र वडाका वडाध्यक्ष तथा सदस्यहरु सहित हजारौ कार्यकर्ताहरुको सहभागितामा घरदैलो कार्यक्रम गरिएको हो । यसअघि नेकपाले धरानको वडा नं ४,५,६ र २० मा केही दिन अघिमात्र कोणसभा तथा घरदैलो कार्यक्रम गरिसकेका थिए ।

आज धरान ८ मा गरिएको घरदैलो तथा कोणसभामा सम्वोधनको क्रममा संघिय सासंद जय कुमर राई, मेयरका उम्मेदवार प्रकाश राई लगायतले नेकपालाई जिताउन आग्रह गर्दै नेकपाले धराननगरलाई ‘नमूना नगर बनाउने प्रतिबद्धता जनाएका थिए भने उप महानगर नगरपालिकाको दिगो विकासका लागि नेकपा लागि पर्ने बताए ।

उम्मेदवारका प्रत्यासी प्रकाश राईले भने नेकपाको जितले मात्र वडा र नगरको समुन्नत विकास हुने र विपक्षी अर्थात अन्य दलले जस्तो सुकै कपोलकल्पीत आरोप लगाए पनि त्यसको पछि नलागी निर्धक्क भएर सूर्य चिन्हमा आफ्नो अमूल्य मत दिन आग्रह गरे । रार्ईले नेकपाको विजयले मात्र नगरको पर्यटन, शिक्षा, स्वास्थ्य र औद्योगिक क्षेत्र लगाएतको विकास र व्यवस्थापन हुनेछ यो नेकपाको सपना समेत रहेको बताए ।

यस घरदैैलो अभियानलाई निरन्तरता दिने क्रममा भोली कात्तिक २४ गते धरान १५ को वडामा केन्द्रित हुने निर्वाचन परिचालन समितिका संयोजक रमेश बस्नेतले बताए ।

२०७६ कार्तिक २३, शनिबार १०:२५ गते 0 Minutes 30 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।