
एजेन्सी । ३३ वर्षकी एक महिलाले आफ्ना ब्वाइफ्रेण्डलाई खुसी पार्न निकै निकृष्ट हर्कत गरेकी छिन् । उनले आफ्ना ब्वाइफ्रेण्डको मागअनुसार आफ्नै २ छोरीको अ श्लील भिडियो रेकर्ड गरिन् । अमेरिकाको फ्लोरिडाकी ती महिला रोज बेथ लिजकीलाई अदालतले चाइल्ड पो र्नोग्रा फीसहित अन्य आरोपमा दोषी ठहर गरेको छ । उनलाई अक्टोबरमा सजाय सुनाइनेछ ।
रोजलाई ५० वर्षको जेल सजाय हुन सक्छ । उनका ३८ वर्षका ब्वाइफ्रेण्ड रोबर्टो ओकिण्डोलाई गत हप्ता ५० वर्षको जेल सजाय सुनाइसकिएको छ । रोज र रोबर्टोको साथबाट पुलिसले सयौंको संख्यामा किशोरीहरुको न ग्न तस्वीर बरामद गरेको थियो । अमेरिकाको संघीय अदालतमा सुनुवाइको क्रममा रोबर्टोले आफू चाइल्ड पो र्न बनाउने काममा सहभागी भएको स्वीकारेका थिए ।
एक व्यक्तिले पुलिसलाई रोबर्टोले चाइल्ड पोर्न राख्ने गरेको जानकारी दिएपछि उनीहरुको अपराधको खुलासा भएको थियो । पुलिसले उनको जाँच गर्दा उनको साथबाट किशोरीहरुका न ग्न तस्वीर भेटिएका थिए । अधिकारीहरुले कैयौं कम्प्युटर र मोवाइल फोनको जाँच गरेको थियो । यसबाट थाहा भयो कि रोज र रोबर्टोले आपसमा किशोरीहरुका अश्लील तस्वीर खिच्ने विषयमा सल्लाह समेत गरेका थिए । जाँचकर्ताका अनुसार रोजले आफ्ना दुई छोरीहरुलाई यौनजन्य क्रियाकलाप गर्न बाध्य पारिन् ताकि उनका ब्वाइफ्रेण्ड यो सब अनलाइन हेर्न सकुन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।