
धरान / धरान क्षेत्रमा रहेका बाम बद्धिजिवी वर्गले भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूगोल समावेश गरेको विरोधमा सोमबार साँझ मैनबत्ति जुलुस गरेको छ ।
बाम बुद्धिजिवी डा. रमेश घिमिरेको संयोजनमा भारतीय विस्तारवादको विरुद्ध विभिन्न नाराहरु लेखिएको प्ले कार्डसहित धरानको छाताचोकदेखि भानुचोकसम्म मैनबत्ति बालेर ¥याली गरि भानुचोकमा कोणसभा गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्न नेकपाका तर्फबाट धरान उपमहानगरका मेयरका प्रत्यासी प्रकाश राईसमेत उपस्थित भएका थिए । उनले भारतको हेपाहा प्रवृति प्रति बाम बृद्धिजीवीहरुको खवरदारी उल्लेखनीय भएको बताए । उनले भारतसँगको सीमा विवाद नेकपा नेतृत्व सरकारले कुटनिकै पहल गर्ने बताउदैं भारतसँग सीमाबारे छलफलको तयारी भएको जानकारी दिए । कोणसभालाई बाम बुद्धिजिवी प्राडा भीम खतिवडा, प्राध्यापक उद्धव श्रेष्ठ, रुक्मणी मास्केलगायतले सम्बोधन गरेका थिए । कोणसभाको संचालन देबेन्द्र कार्कीले गरेका थिए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।