
धरान । टोल सुधार तथा सभ्य सामाज निर्माण उद्धेश्य राखि आगमी कार्तिक ३० गते सुनसरीको धरान ५ तल्लो देउरालीमा सातौ दियालो सांगीतीक सा“झ हुने भएको छ ।
धरानको देउराली चोकमा २०६९ सालमा स्थापना भएको दियालो समाजको आयोजनामा सांगीतिक साझ हुन लागेको हो । सो सागीतिक साझमा धरानकै गायक शिव थापा मगर, प्रयत्न श्रेष्ठ, द हार्मेनिक ब्याण्ड, सिग्नेचर ब्याण्ड लगायतका स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले एकपत्रकार सम्मेलन गरी जनाएको छ ।
समाजका अध्यक्ष बी बी राईका अनुसार समाज सुधारका लागी युवाहरुको समुहले केही गरौ भन्ने उदेश्य सहितको हरेक बर्ष सांगीतिक कार्यक्रम गर्दै आएको र यस बर्ष पनि यसलाई निरन्तरता दिने कार्यक्रम तय गर्ने योजना बनाएको बताए ।
समाजको कार्यक्रमलाई सफल बनाउनको लागि मनकारी दाताहरुले देश विदेशबाट सहयोग भइरहेको समेत राईले जनाकारी दिए । कार्यक्रम धरान–५ तल्लो देउराली चौक स्थित अस्थायी प्रहरी पोष्ट अगाडी बेलुका ५ बजेबाट सुरु हुनेछ ।
भरत राज शर्मा (गोपाल)
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।