२०८० आश्विन ७ आईतवार

मगर संघ धरानको आयोजनामा धरानमा हुर्रा नाच सम्पन्न

धरान / मगर जातिको पहिचानलाई स्थापित गराउने उद्देश्यले धरानमा हुर्रा नाच तथा सांस्कृतिक प्रतियोगीता सम्पन्न भएको छ ।

धरान १० सैनिक भवनको प्राङगनमा भएको हुर्रा नाच कार्यक्रममा धरान नगर लागायतका बिभिन्न स्थानबाट आएका मगर जातिहरुका कलाकारहरुले आफ्नो मौलिक हुर्रा नाच प्रतियोगितामा सहभागी भएका थिए ।

आफ्नो मगर जातीय संस्कृतिलाई संरक्षण गर्नुका साथै नया पुस्तालाई समेत मगरहरुको जातीय संस्कृतिको विषयमा जानकारी गराउने उद्देश्यले प्रत्येक बर्ष धरानमा हुर्रा नाच कार्यक्रमको आयोजना गरिदै आएको नेपाल मगर संघ धरान नगर समितिका अध्यक्ष चित्र थापा मगरले बताए ।

उहाले नया पुस्ताले आफ्नो संस्कृतिलाई विर्सदै गएकोले २०६५ सालदेखि प्रत्येक बर्ष जिल्ला स्तरीय हुर्रा नाच प्रतियोगिताको आयोजना गर्दै आएको र उक्त कार्यलाई यसपटक पनि निरन्तरता दिदै कार्यक्रमको आयोजना गरिएको अध्यक्ष तथाले बताए ।

@ गोपाल

प्रतियोगितामा सयौको संख्यामा मगर जातिहरुले हुर्रा नाचेका थिए छन् । हुर्रा नाच कार्यक्रममा बुढापाका, युवा र युवा पुस्तको बाक्लो उपस्थिति रहेको थियो । नेपाल मगर संघ धरान नगर कार्यसमितिका अध्यक्ष चित्र थापा मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका उद्धघाटन प्रमुख अतिथी धरान उपमहानगरपालिकाका तत्कालीन कार्यवाहक प्रमुख तथा वडा नं १५ का वडा अध्यक्ष नरेश ईवारामले गरेका थिए ।

२०७६ कार्तिक २५, सोमबार ०५:०१ गते 0 Minutes 18 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार