
धरान । नेकपाले उपनिर्वाचनलाई लक्षित गरेर धरानका सञ्चार गृहहरूसँग अन्तरक्रिया गरेकाे छ । सञ्चार गृहहरूकाे वृतिविकासमा नेकपाकाे भूमिकाबारे छलफल भएकाे छ । प्रचार प्रसार तथा प्रकाशन उपसमितीकाे संयाेजनमा भएकाे छलफलमा निर्वाचन परिचालन मुल समितिकाेका संयाेजक रमेश बस्नेतले नेकपाले धरानकाे मिडिया हाउसकाे वृद्धि विकासका लागि सहकार्य गर्ने बताए । मिडिया संचालकहरूले पार्टी र मिडिया हाउस विच निरन्तर छलफल आश्यक भएकाे बताएका छन् । प्रचार उपसमिति संयाेजक भीम राई ज्वालाले धरानका मिडिया विकासका लागि नेकपा प्रतिवद्व रहेकाे बताए । धरानकाे सम्वृद्धिका लागि गाैरवका याेजनाहरू भित्राएकाले उपनिर्वाचनमा सहयाेगकाे अपेक्षा रहेकाे बताए ।
-भरत राज शर्मा (गोपाल)
111400cookie-checkनेकपा र धरानका मिडिया हाउसविच छलफल, सहयाेग आदनप्रदान गर्ने प्रतिवद्धता