
धरान / धरान उपमहानगरपालिकाको रिक्तरहेको मेयर पदको लागि यही मंसीर १४ गते उप निर्वाचनमा स्वर्गिय तारा सुब्बाको पत्नी श्रीमती इन्दु सुब्बा राई नेकपाका तर्फबाट उम्मेदवार भएका प्रकाश राईलाई भोट हालि जिताउनको लागि मंगलबार हंगकंगबाट धरान आइपुगेका छन । त्यसैगरी २७ गते हुने उम्मेदवारी मनोनयनमा उम्मेदवार प्रकाश राईको समर्थक समेत बस्ने भएको छ ।
यस अघि केही अनलाईन मिडियामा स्वर्गिय तारा सुब्बाका दाजु घनेन्द्र सुब्बाले स्वर्गीय मेयर तारा सुब्बाको श्रीमती इन्दु शुब्बा राईले पनि मेयर पदमा उम्मेदवार बन्ने इच्छा प्रकट गरेकोले पार्टीले उनको नाम सिफारीस गर्नु पर्ने बारे निबेदन लेखेको तथापी पार्टीमा सुनाई नभएको भन्ने विषयमा समाचार प्रकाशन गरेको थियो ।
श्रोतका अनुसार यस विषयमा इन्दु शुब्बा राईले परिवारमा यस्को बिषयमा सामान्य कुरो चलेता पनि म हंगकंग बस्ने भएकोले उम्मेदवारी भई धरानको मेयर हुने कुनै योजना नभएको प्रस्ट पारेका छन् ।

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।