२०८० आश्विन १२ शुक्रबार

संघीय समाजवादीका वडा अध्यक्ष सहित दुई दर्जन नेकपामा प्रवेश प्रकाश राईलाई जिताउने उद्घोष

धरान । मंसिर १४ गते हुने धरान उपमहानगरपालिका प्रमुखको उपचुनावमा नेकपाका जनप्रिय उम्मेदवार प्रकाश राईलाई जिताउन अन्य पार्टीका नेता कार्यकर्ता समेत एकतावद्ध हुँदै गएकाछन् । यही क्रममा संघीय समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताहरु नेकपामा औपचारिक प्रवेश गरी शालिन तथा बौद्धिक व्यक्तित्व प्रकाश राईलाई जिताईछाड्ने प्रतिवद्धता जनाएकाछन् ।

मंगलबार धरान ११ मंगलबारेमा आयोजित स्वागत कार्यक्रममा सो पार्टीका ११ नं. वडाअध्यक्ष याम किरातीको नेतृत्वमा दुई दर्जन कार्यकर्ता नेकपामा प्रवेश गरेकाछन् । किराती सो पार्टीका धरान उपमहानगर ट्रेड युनियन इन्चार्ज समेत हुन् । नवप्रवेशीहरुलाई नेकपा १ नं. प्रदेश सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी आइन्द्रविक्रम बेघा लगायतले अबिर र माला सहित स्वागत गरेका थिए ।

नेकपा प्रवेश गर्नेहरुमा संघीय समाजवादीका ११ नं. वडा सदस्यहरु शारदा राई, गंगा परियार, प्रदिप लिम्बु, भूमिका राई छन् । यसैगरी सो पार्टीका धरान नगर ट्रेड युनियन कोषाध्यक्ष समीप थापामगर, सदस्यहरु एटम लिम्बु, खेमराज विक, विजय राई, गम बहादुर राई, सुष्मा मगर, शिशिर राई, दिपेश राई लगायत पार्टीमा औपचारिक प्रवेश गरेकाछन् । कार्यक्रममा आफ्नो धारणा राख्दै याम किरातीले अंगीकृत नागरिकता, लिम्पियाधुरा सीमा लगायतका मुद्धामा पार्टीले लिएको निति देशको हित विपरित भएको र पार्टी जातियताको बन्धनबाट मुक्त हुन नसकेकोले परित्याग गर्न बाध्य भएको बताए । स्थानिय विकास र राष्ट्रियताका सवालमा नेकपाको विचार र कार्यशैलीबाट प्रभावित भई नेकपाको सदस्यता लिएको उनले बताए । धरानका चिरपरिचित नेता, शालिन र बौद्धिक व्यक्तित्व, सबैका लागि सहज व्यक्ति प्रकाश राईलाई जिताउन प्रतिवद्ध भएको समेत उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथी बेघा, नेकपा धरान उपमहानगर अध्यक्ष नारायण सुवेदी, सदस्य राजमणी निरौला लगायतले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । वक्ताहरुले धरानको विकासमा धरानवासीका लागि नेकपा नै असल सहयात्री भएको विगतका विकास निर्माणले प्रमाणित भएको बताउँदै नेपाली काँग्रेस धरानलाई बनाउन होइन भत्काउन चाहेको बताएका थिए ।

२०७६ कार्तिक २६, मंगलवार १२:२८ गते 0 Minutes 238 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार