२०८० जेष्ठ १८ बिहीबार

राई विद्यार्थी नेतृ सुनिता किराती ६ महिनादेखि थुनामा, तत्काल रिहाई गर्न संघको माग

संखुवासभा । किरात राई विद्यार्थी संघकी नेतृ सुनिता किराती विगत ६ महिनादेखि थुना रहेकी छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कायकर्ता समेत रहेकी उनलाई गत चैत्र ८ गते काठ्माण्डौको पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । संखुवासभा घर भएकी उनीविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ । उनलाई जिल्ला अदातल संखुवासभाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई हाल जिल्ला कारागार संखुवासभामा राखिएको छ ।

किरात राई विद्यार्थी संघ संखुवासभाका पूर्वअध्यक्ष रहेकी सुनितालाई फरक राजनीति विचार बोकेकै आधारमा राज्यले पक्राउ गरेको किरात राई विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रामचन्द्र राईले बताए । उनले सुनितालाई तत्काल रिहाई गर्न सरकारसंग माग पनि गरे । उनले भने फरक राजनीतिक विचार बोकेकै आधारमा सुनिता किरातलाई पक्राउ गरी मुद्दा चलाईएको छ । उनलाई विनासर्त रिहाई गर्न हामी सरकारसंग माग गर्दछौ । अध्यक्ष राईले विगतमा किरात राई विद्यार्थी संघका संस्थापक नविन राईलाई पनि फरक विचार बोकेकै आधारमा राज्यले पक्राउ गरी वेपत्ता बनाएको स्मरण गरे ।

किरातीको परिवारजनले उनको अवस्था के कस्तो छ सार्वजानिक गर्न माग गरिए पनि हालसम्म कुन जानकारी नदिएको परिवारजनले बताएका छन् । परिवारका पशुपति क्षेत्रको गौशला परिसरबाट पक्राउ संखुवासभाको खाँदवारी ल्याईएको छ तर जिल्ला प्रहरी कार्यालय खाँदवारीले थाहा नभएको भन्दै आफुहरुलाई फर्काएको परिवारजनको गुनासो छ । परिवारको एउटै मात्रै अपिल छ उनको बारेमा सत्यतथ्य जानकारी सार्वजानिक होस ।

यसैगरी सोमबार संखुवासभाको खाँदाबारीमा किरात राई विद्यार्थीहरुले भारतले नेपाली भूमि अतिक्रमण गरिरहेका बिषयमा गम्भिर ध्यानाकर्षण भएको बताउदै किरात राई विद्यार्थी संघ संखुवासभाको आयोजनामा देवकोटा चोकदेखि पोखरीचोकसम्म विरोध र्याली समेत गरेकोे छ ।

२०७६ कार्तिक २६, मंगलवार ०६:१० गते 0 Minutes 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।