२०८० आश्विन ११ बिहीबार

विकास र समृद्धिको प्रमुख आधार कृषि : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताउनु भएको छ । विराटनगरमा आज आयोजित साना, भूमिहिन तथा सिमान्तकृत किसानहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । कृषिको माध्यमबाट देश धनी र जनता सुखी हुने भन्दै मुख्यमन्त्री राईले कृषिको व्यवसायिक, आधुनिकिकरण, औद्योगिकरण र बजारीकरणको आवश्यकता रहेको बताउनुभयो । अहिले कृषि क्षेत्रको अवस्था नाजुक छ, मुख्यमन्त्री राईले भन्नुभयो, अहिलेको अवस्थालाई सुधार गर्नेपर्छ ।

कृृषि क्षेत्र प्रदेश १ सरकारको उच्च प्राथमिकता रहेकोले व्यवस्थित ढंगबाट कानून, नीति, निर्देशिका बनाएर अगाडि बढ्ने मुख्यमन्त्री राईले बताउनुभयो । कृषिको माध्यमबाट धनी हुने सरकारको लक्ष्य रहेको बताउँदै मुख्यमन्त्री राईले सहयोग, अनुदान वितरणमा वास्तविक किसानमा पुग्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
विगतमा परम्परागत ढंगबाट निर्वाहमुखी कृषि भयो, अब आधुनिक र प्रविधिमैत्री भएर कृषि पेशा गर्नुपर्छ मुख्यमन्त्री राईले भन्नुभयो । कृषि क्षेत्रबाट आम्दानी बढाएर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने मुख्यमन्त्री राईको धारणा थियो ।

कृषि क्षेत्रमा कुनै प्रकारको अभाव नहुने वातावरण प्रदेश सरकारले बनाइरहेको बताउँदै मुख्यमन्त्री राईले अर्गानिक फर्महरु स्थापनामा कृषकहरु लाग्नुपर्ने बताउनुभयो ।

२०७६ कार्तिक २७, बुधबार १३:४४ गते 0 Minutes 32 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार