२०८० मंसिर १४ बिहीबार

उम्मेदवारी दर्ता, नेकपाका उम्मेदवार प्रकाश राईको प्रस्तावक पूर्व मेयर स्व. तारा शुब्बा पत्नी ईन्दु र समर्थकमा मञ्जु भण्डारी

धरान । मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा धरान उप महानगरपालिकाको प्रमुख पदका लागि नेकपाको तर्फबाट उम्मेदवार प्रकाश राईले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा पूर्व मेयर स्व. तारा शुब्बा पत्नी इन्दु शुब्बा राई रहेका छन भने समर्थकमा मञ्जु भण्डारी सुबेदी रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय धरानमा विभिन्न दलहरुले समेत आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । धरानको हकमा धरान उप–महानगरपालिकाको मेयर र एक वडा सदस्य पदका लागि सत्तारुढ दल तथा प्रमुख प्रतिपक्षसँगै केहि साना दलहरुले समेत उम्मेदवारी दर्ता गराएका हुन । सुनसरीको धरान बाम किल्लाको रुपमा ब्याख्या गरिन्छ राजनीति बृत्तमा । पञ्चायती शासन कालदेखि नै बामपन्थीले क्षेत्र नं. १ आफ्नो पकडमा राख्न सफल भएकोे र यस पटकको स्थानीय तहको उप निर्वाचनमा समेत ठूलो जनमतका साथ आफ्नो बलिायो पकड जमाई सकेको स्पष्ट देखीएको छ । त्यसको एउटा बलियो आधार भनेको नेकपा (एमाले) र नेकपा (माओबादी) विच पार्टी एकिकरण भएपछीको पहिलो पटक निर्वाचनमा होमिएको छ ।

@तस्वीर : मणि

धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका तिलक राई र नेकपाका प्रकाश राई दूवै धरानमा राम्रै चिनिएका ब्यक्ति भएता पनि चुनावमा आ-आफ्नो ब्यक्तिगत ब्याक्तीत्व र चरित्रका कारण मत कता तिर ढल्कीन्छ भन्ने बारे मतदाताको अनुमान विभाजित छ । यस विषयमा भन्ने हो भने कांग्रेसका उम्मेदवार तिलक राई भन्दा प्रकाश राई भद्र, शालिन ब्यक्तित्व, मिजासीला र कसैलाई भनी नविझाउने भएका कारण उनको पक्षमा पार्टी भन्दा अन्य बाहिरको मत एकोहोरिएको देखिएको बजारमा चर्चा छ । अन्य साना दलहरु भने निर्वाचनमा सहभाागिताका र आफनो उपस्थितीका लागि मात्र सहभागीता भएको देखिएको छ । अन्तत दुई राई विचको प्रतिष्पर्धाले अझ चुनावी माहौल गर्माएको छ ।

विगतका निर्वाचनमा पनि एमाले, माओवादी हुँदै नेकपाले कांग्रेसलाई नै प्रमुख प्रतिष्पर्धी दलको रुपमा पाएको थियो । नेकपाबाट चुनाबी मैदानमा उत्रिएका प्रकाश राई पार्टीको सबै भन्दा पुराना इमान्दार, निस्थावान र लोभीपापी नभएको स्थापित नेताको रुपमा मानिन्छन । प्रकाश राई धरानको लागि परिचित नाम हो भने, नेपाली कांग्रेसका तिलक राई पनि परिचित नै हुन । संयोग यी दुवैको कार्य क्षेत्र भने धरानको १८ नम्बर नै पर्छ ।

त्यसै गरी धरान उपमहानगरपालिकाको वडा नं. ७ को रिक्त रहेको वडाध्यक्षम पदमा कांग्रेसले सुवर्णमोहन पालिखेलाई उम्मेदवार बनाएको छ भने नेकपाले जीवन सुवेदीलाई उम्मेदवार बनाएको छ । यस वडा पनि नेकपाको पुरानो लालकिल्ला हो ।

२०७६ कार्तिक २७, बुधबार १०:२१ गते 1 Minute 145 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार