२०८० मंसिर १४ बिहीबार

उम्मेदवारी मनोनयन दर्ता सकियो, धरानमा मेयर पदको लागि २३ र वडा अध्यक्षमा ४ को मनोनयन दर्ता

धरान । मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि धरान उपमहानगरमा १२ राजनीति दल र ११ स्वतन्त्र गरि २३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने वडा अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ ।

धरान १५ स्थित रेयुकाई भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बुधबार नेकपाबाट मेयर पदमा प्रकाश राई र नेपाली कांग्रेसबाट मेयर पदमा तिलक राई,राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई,नेपाल लोकतान्त्रीक पार्टीबाट नित्यराज काÇले,राप्रपा लोकतान्त्रीकबाट भीम बहादुर लिम्बु,आमुल परिबर्तन मसिहा पार्टीबाट छत्र बहादुर बिश्वकर्मा,समाजवादी पार्टीबाट गजेन्द्र बहादुर लिम्बु,नेकपा मालेबाट एकराज सुब्बा,साझा पार्टीबाट राजन कुमार श्रेष्ठ,संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट अम्बर बहादुर लिम्बु,राप्रपा संयुक्तबाट कुमार बराईली,राप्रपाबाट रोशन बिश्वकर्माले उम्मेद्धबारी दिएका छन ।

त्यसैगरी मेयर पदमा राजनीतिक दलबाहेक दावा शेर्पा,हर्कराज राई,श्याम कृष्ण पहाडी,बिशाल थापा,दिनेश श्रेष्ठ,एनिषा राई,कुमार भटटराई,अमृत कुमार राई,जर्नाधन कोईराला,मनराज राई र रुद्र बस्नेतकोे स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

यसैगरि,अधिकृत उप्रेतीका अनुसार धरानको ७ नं वडामा १ वडाअध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा नेकपाबाट जीवन राज सुबेदी,नेपाली काग्रेसबाट सुवर्ण मोहन पलिखे,संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट निता राई र राप्रपाबाट दिनेश शाक्यले दिएका छन ।

स्थानीय तह उपनिर्वाचनको लागि धरान उपमहानगरमा उम्मेदवारी मनोनयन दर्ता भएको कारण बुधबार बिहानै देखि निर्वाचन कार्यलय ररहेको धरान १५ स्थित रेयुकाई भवनमा बाक्लो संख्यामा सुरक्षाकर्मी सँगै स्थानीय नेता, कार्यकर्ताहरुको चहलपहल रहेको थियो । दिउसो कांग्रेसको मनोनयन दर्ता चलिरहदा कांग्रेस, नेकपा र अन्य मेयर पदका उम्मेदवारहरु क्रमशः निर्वाचन कार्यलय परिसरमा आमनेसामने भएका थिए ।

यसैबीच साना दल र स्वतन्त्र उम्मेदवारहरु आ–आफना थोरै समर्थकको साथमा मनोनयन दर्ता गरिरहदा नेपाली कांग्रेस, नेकपा र समाजवादी लगायतका उम्मेदवारहरु झाकीसहित वृहत ¥र्याली लिएर निर्वाचन आयोगको कार्यलय पुग्दा त्यहाँको चुनावी रौनक नै अर्कै भएको देखिन्थ्यो ।

@तस्वीर : मणि

वडाहरुमा घरदैलो अभियानमा सिमित कांग्रेस, नेकपा लगायतका दलहरुलाई उम्मेदवारी मनोनयन शक्ति प्रर्दशनको अवसर पनि भएको थियो जहा उनीहरुले आ आफना पार्टीका जनतामा पहुच समेत देखाउने अबसर पनि पायो ।
ठुलादेखी साना र स्वतन्त्र पार्टीहरुले उम्मेदवारी मनोनयन गर्न जादा मेयर, वडाअध्यक्षहरु मात्र होइन, ढोल झ्याम्टा सहित आफना कार्यकर्ता र समर्थकहरुको ठुलो संख्यामा रर्याली नै निकाल्न पुगेका थिए जसका कारण धरानको टार्फिक समस्या लामै समयसम्म सर्बसाधारणले भोग्नु परेको पनि थियो ।

पार्टीका नेता, कार्यकर्ताहरु नाचगान गर्दै उम्मेदवारी दर्ता गर्न रेयुकाई भवन जहा निर्वाचन कार्यलय थियो त्यहासम्म पुगेका थिए । उम्मेदवारी दर्ता भएसंगै बिशोष त धरानमा नेपाली कांग्रेस र नेकपा बीचमा नै मुख्य प्रतिस्पर्धा हुने आकलन शुरु गर्न थालिएको छ ।

नेकपाका उम्मेदबार प्रकाश राईले जनपरिचालनको हिसाबले आफ्नोले जित हासिल गरिसकेको तर घोषणा गर्न मात्र बाकी रहेको बताएका छन भने नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जनताको बौधिकतामा उभार आएको उल्लेख गर्दै कांग्रेसको जित सुनिश्चित भएको दाबी गरेका थिए ।  @भरत शर्मा (गोपालको ) सहयोगमा

२०७६ कार्तिक २८, बिहीबार ०९:२३ गते 0 Minutes 66 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार