२०८० चैत्र १५ बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी घरदैलौ कार्यक्रम जारी, आज धरान १६ मा भोट माग्दै

धरान /आगमी मंसिर १४ गते स्थानीय तहको उप निर्वाचनमा  धरान उपमहानगरपालिकाको मेयर पदका लागी उम्मेदवार भएका प्रकाश राई सहित नगर, जिल्ला, प्रदेश र केन्द्रिये नेता कार्यकर्ता सहितको घरदैलो अभियान आज शुक्रबार पनि जारी छ ।

बिहान ७ बजे देखि  धरान १६ स्थित स्वामीचोकबाट घरदैलो र स्थानीय नागरिकसँगको भेटघाट सुरु भएको छ । घरदैलो संगै चोक चोकमा कोणसभा समेत बह्येको छ । कोणसभामा  बोल्दै उम्मेदवार प्रकाश राइले भने – आजको घरदैलो कार्यक्रम हाम्रो छिमेकी मुलुक भारतले सिमा अतिक्रमण बिरोधमा अभियान केन्द्रित हुने र यस सन्दर्भमा आफ्नो पार्टीले गम्भीर भएर सोचेको छ, र कुनै हालत पनि हाम्रो मुलुकको गुमेको भनिएको भू-भाग फिर्ता गराएरै छाड्ने बताए ।

आफुलाई धरान उपमहानगरपालिकाको मेयर पदमा बिजयी गराएर पठाएको खण्डमा धरान नगरमा भएका बेथितिहरुलाई थितिमा बदल्ने पहिलो अभियान हुनेछ । त्यसै गरि म तपाइको साथि, आफन्त नाता जस्तो भएर मिहिन ढंगले केलाएर हेर्दै समग्र नगर बिकाशको लागि पर्ने समेत बताए ।

कोण सभालाई  सम्बोधन गर्दै नेकपा १ नम्बर  प्रदेश कमिटी सदस्य आइन्द्रबिक्रम बेघाले भने-सुशान ल्याउने, राजतन्त्र फालेर सिंहदरबारको अधिकार घर घरमा ल्याउने, १९ घन्टासम्म लोडसेडिंग गराएर अध्यारोमा बस्न बाध्य बनाउने भ्रस्ट र दलाललाई फालेर देशमा झिलिमिली उज्यालो दिने पार्टी नेकपालाई अत्यधिक मत दिएर बिजयी गराउनु होला ।”

वडा नं १६का आम नागरिकहरुमा आफुलाई धरानको समृद्धि र बृद्दी बिकाशका लागी धरान उपमहानगरपािलिकाको नगरप्रमुख पदमा विजयी बनाउन आग्रह गरे । घरदैलो अभियानमा अधिकांस मतदाताले प्रकाश राईको विकल्प नरहेकोले हाम्रो मत तपाइलाई नै हुनेछ भेनका थिए । चुनावी अभियान आज पनि बेलुकी सम्म चल्ने नेकपाको प्रचार प्रसार सचिवालयले जनाएको छ । 

२०७६ कार्तिक २९, शुक्रबार ०९:४० गते 1 Minute 84 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार