कांग्रेस परित्याग गरी ३२ कार्यकर्ता नेकपामा प्रबेश

धरान । मंसीर १४ गते हुने स्थानीय तहको उप निर्वाचनमा धरान उप महानगरपालिकाको मेयरपदको लागि विभिन्न दलहरुले अहिले आफनो चुनावी अभियानलाई तिव्रता दिएको छ । आज भएको नेकपाको चुनावी अभियानको घरदैलो कार्यक्रमबाट नेपाली कांग्रेस पार्टीलाई परित्याग गरी ३२ जना कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन । धरान १६ को घरदैलोबाट कांग्रेस कार्यकर्ताहरु पार्टी प्रबेश गरेका हुन ।

पार्टी प्रबेश गर्नेहरुमा– सोभा तामाङ, रोशन तामाङ, एलिना तामाङ, भवानी भूजेल, राजन गुप्त,सैलेश श्रेष्ठ, राउत विक, राकेश श्रेष्ठ, अशिम प्रधान, धनु ब. श्रेष्ठ, सास्तीक भूजेल, सुमित राई, सिवु राई, मनोज विक, आशिष प्रधान, अजय चौधरी, अनिष भूजेल, आरिस भूजेल, प्रविण विक, बरुण कर्की, प्रदिप भूजेल, दिपा प्रधान, विके राई, नैना विक, अनिष राजधामी, नरेन राई, प्रेरणा राई पूजा श्रेष्ठ, अञ्जना राई,् इन्दीरा राई र मन्जिर सुनुवार राई रहेको छन् ।

विगत लामो समयदेखी आफुहरु नेपाली कांग्रेसको सकृय कार्यकर्ता भएर रुखमा भोट हाल्दा केही नभएको र खाली आस्वसन मात्र पाईएको तर कुनै पनि काम गर्न नसकेकोले हामी कांग्रेस पार्टी परित्याग गरी नेकपा पार्टीमा प्रबेश गरेका हौ आशिष प्रधानले भने ।

पार्टी प्रबेश गरेका मनोज विकले थपे–” यो देशमा अरु कुनै पनि दलले केहि गर्न नसक्ने तर देशको ठूलो नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले मात्र आम नेपालीको सपना साकार पार्न सक्ने भएकोले हाम्रो पुरानो पार्टी छाडेका हौ । हाम्रो वडामा विभिन्न विकास निर्माणको कामहरु नेकपाले नै गरेको हामीले देखीरहेका थियौ त्यै भएर पार्टी प्रबेश गरेका हौ । यो उप निर्वाचनको मेयर पदका उम्मेदवार प्रकाश राईलाई अत्याधिक बहुमतले बिजय गराउन हाम्रो मत र हाम्रो वडावासीको हुने छ, यो अभियानमा हामी आजैबाट लाग्ने छौ ।”

पार्टी प्रबेश गरेका सबै ननवप्रवेशी यूवाहरुलाई प्रमुखपदका उम्मेदवार प्रकाश राई, प्रदेश कमिटी सदस्य आइन्द्र विक्रम बेघा, जिल्ला सदस्य चोत्लुङ लगाएत अन्य अगुवा नेताहरुले फूलमाला र अविर लगाएर पार्टी प्रबेश गराए थिए ।

प्रतिकृया दिनुहोस्