
धरान । आगमी मंसीर १४ गते सम्पन्न हुने स्थानीय तहको उप निर्वाचनमा उम्मेदवार बनेका राई उम्मेदवारहरुलाई किराया सुनसरीले बधाई तथा शुभकामना दिइको छ ।
विभिन्न दलबाट प्रतिनिधीत्व गर्दै धरान उप महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी भई भागलिने किरात राई उम्मेदवारहरुलाई किरात राईहरुको साझा सर्वोच्च जातिय संस्था किरात राई यायोक्खा सुनसरीले बधाई तथा विजयको अग्रिम शुभकाना दिएको छ ।
किराया सुनसरीको यलम्बर स्मृति संग्रहालय धरानमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको हो ।
मंसीर १४ गते हुने निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फबाट धरान नगरपालिकाको प्रमुख पदको लागि उम्मेदवार प्रकाश राई, नेपाली कांग्रेसको तर्फबाट तिलक राई र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फाबाट गोकर्ण राई उम्मेदवारी बनेका छन् ।
कार्यक्रममा बोल्दै मेयरका प्रत्यासी प्रकाश राईले भने– धराने जनाताले मलाई विश्वास गरेर विजय गराएको खण्डमा अहिले स्थानीय तहदेखी राज्यसत्ता सम्म हाम्रो सरकार नै रहेको हुनाले सिधै राज्यसंग म जोडिएर धराने जनाताको लागि केहि गर्न सक्ने क्षमता राख्दछु त्यसकारण पनि यो क्षेत्रको श्रीबृद्धी र अन्य विषयको विकास गर्नमा सहज हुनेछ । साथै धरान नगरबासीहरुले हाल भोग्दै गरेको विभिन्न खाले समस्यहरुलाई समेत सकेसम्म समाधान गर्ने छु ।
उक्त कार्यक्रममा बोल्दै अर्का प्रत्यासी उम्मेदवार तिलक राईले धरान नगरलाई मैले राम्ररी बुझेकोले यसको सु-साशन र विकाशको लागि राम्रो मोडालिटीको परिकल्पान गरेको छु, यदी म नगर प्रमुख भए भने सिंगो धरानवासीको लागि काम गर्ने छु ।
कार्यक्रममा किराया सुनसरीका सल्लाहकार शुभचन्द्र राई, जनमुक्ति पार्टीका प्रत्यासी उम्मेदवार गोकर्ण राईले बोलेका थिए । किराया सुनसरीका सल्लाहकार तथा संघिय साम्सद माननीय जयकुमार राई, किराया केन्द्रीय सचिव दोर्पध्वज राई, किराया केन्द्रीय सदस्य भूमी दुमी राई लागएत किराया सम्बद्ध अगुवा नेता कार्यकर्ताहरुो उपस्थिती रहेको थियो ।