
धरान / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य किरण राईले धरानको बिकास र समृद्धिलाई गतिशिलता प्रदान गर्न आगामी मंसिर-१४ गते हुने उप-निर्वाचनमा नेकपालाई भोट दिन नगरबासीलाई आग्रह गरेका छन ।
शनिबार धरान-१६ मा घरदैलो कार्यक्रमको सिलसिलामा आयोजित कोण सभालाई सम्बोधन गर्दै राईले जनताको बिचमा म यसो गर्छु, उसो गर्छु भनेर अन्य दलहरु आए पनि त्यो रातको सपना देखे जस्तै भएको बताए । अन्य दलले बिकास र समृद्धिको आस्वासन देखाए पनि त्यसको जग कम्जोर भएको राईको कथन थियो ।
सिंगो राजनीतिक बिचार र कार्यदिशाको जगबाट बढेको नेकपाको नेतृत्वबाट मात्र जनताको बिकास र समृद्धिको चाहना पुरा हुने राईले दाबी गरे । घरदैलो सम्पन्न भएपछी धरान-१६ को नौलो बस्तीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेकपाका नगर अध्यक्ष नारायण सुबेदीले नेकपालाई भोट दिएर जिताउन आग्रह गरे । कोणसभा मै नौलो बस्ति र प्रगति मार्गका १५ जना युवाहरु नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रबेस गरेका छन् ।

@कांग्रेस परित्याग गरि नेकपमा प्रवेश गरेका युवा
पार्टी प्रबेस गर्ने युवाहरुमा -प्रकास श्रेष्ठ, रंजित तामांग, संजय राई, मदन लिम्बु, बिनोद बिक, सुस्मिता राई, युबराज राई लगायत रहेका छन् । नव प्रबेसी युवाहरुलाई नगर अध्यक्ष सुबेदी र जिल्ला कमिटि सदस्य एबम निर्वाचन परिचालन १६ नम्बर वडा इन्चार्ज खम्बा सिंह गुरुंगले अबिर लगाएर स्वागत गरे । सनिबार समी चोकमा रहेको निर्वाचन समितिको कार्यालयबाट सुरु भएको घरदैलो बिकास मार्ग, स्कन मन्दिर, मुस्कान चोक, न्यु पशुपति मार्ग, जोरासखुवा, गणतन्त्र चोक, प्रगति मार्ग हुदै नौलो बस्तीमा पुगेर कोण सभामा परिणत भएको थियो ।
२०७६ कार्तिक ३०, शनिबार १६:४१ गते
1 Minute
63 Views
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।