
भोजपुुर / भोजपुरमा पक्की पुल र भोजपुर रंगशालाको शिलान्यास गरिएको छ । आइतबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संघिय सांसद सुदन किरातीले एक साथ उद्घाटन गर्नु भएको हो । भोजपुरको पिखुवा खोलामा ६ करोड बढी लागतमा बन्ने पक्की पुलको शिलन्यास गरिएको हो ।यसले भोजपुर नगरपालिका– १२ र राप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने छ । त्यस्तै आज नै भोजपुर रंगशालाको पनि शिलान्यास गरिएको छ । रंगशाला प्रदेश नं १ शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड ५ लाख लागतमा निर्माण हुने भएको हो । रंगशाला २०८० साल सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।शिलान्यास कार्याक्रममा बोल्दै मुख्यमन्त्री राईले भोजपुरलाई नमुना जिल्ला बनाउन आफू लागि परेको बताउनुभयो ।
उहाँले विकासको पूर्वाधार मुख्य आधार सडक रहेको बताउदै आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने गरि काम भईरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो‘‘ मेरो कार्यकालमा जिल्लाका सम्पूर्ण महत्वपूर्ण पूर्वाधार निर्माण हुन्छ, भने कुनै पनि घर विद्युतको पहुँच भन्दा बाहिर हुने छैनन् । ’’
विकास निर्माणका लागि बजेट अभाव नरहेको बताउदै राईले कामलाई प्रभावकारी ढंगले सम्पन्न गर्नु पर्नेमा जोड दिनुभयो । ‘‘राईले भन्नुभयो हामीसंग बजेटको अभाव छैन् तर थालिएको काम प्रभावकारी र गुणस्तरीय ढंगले सम्पन्न गराउनु आजको चुनौती हो, यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ । ’’
पूर्वाधार विकास कार्यालय भोजपुर अन्र्तगत प्रदेश नं १ सरकारको रु. ६ करोड, १३ लाख ५३ हजार लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुलको शिलन्यास गरिएको हो ।
जुन पुललाई समयमै गुणस्तरिय ढंगले सम्पन्न गराउन पहल गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनु भयो ।
सदरमुकामलाई दक्षिणी क्षेत्रका तीन ओटा स्थानिय तह जोड्ने यो पुल निर्माणले स्थानियमा खुसी थपिएको छ । पक्की पुल नहुँदा खोलाबाटै सवारी साधन तार्नु पर्दा निकै सास्ती हुदै आएको थियो । रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकालाई जोड्ने यो मुख्य सडक खण्ड हो । यसको संरक्षणमा ध्यान दिए एक सय ५० वर्ष सम्म टिक्ने विज्ञहरुको भनाई छ ।पुल निर्माण सम्झौता अनुसार २ वर्ष अर्थात २०७८ असार सम्म सम्पन्न गरिसक्नु पर्नेछ । जसको निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।