२०८० जेष्ठ १८ बिहीबार

समाजवादी र कांग्रेस परित्याग गरी, ३८ यूवा नेकपामा पार्टी प्रबेश

धरान । समाजबादी यूवा संघ जिल्ला सदस्य रबिन राई सहित ३८ जनाले समाजवादी पार्टी परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन् । पार्टी प्रबेश गर्नेहरुमा समाजवादी पार्टीको यूवासंघ र केही नेपाली कांग्रेसको भातृसंस्था तरुणदलका कार्यकर्ता रहेका छन् ।

पार्टी प्रबेश गर्नेहरुमा रबिन राई, विपिन श्रेष्ठ, रविन परियार, अल्कास परियार, जीतु सहानी, मन्दिप तामाङ, सुजन परियार, मिलन परियार, रोशन सहनी, युवाराज श्रेष्ठ, रामकुमार तामाङ, निमा मोक्तान, विकाश लिम्बु, कपील राई, विषण राई, सचिन राई, आशिष शुब्बा, रोहन भूजल, शक्ति राई, गौरव राई, आशिष राई, उमेश राई, सुदिप लिम्बु, कमल लिम्बु, प्रदिप राई, विपीन राई, शुशान्त राई, लक्षु राई, सुनिल बि.क. निरान राई, बिमल राई, रोशन राई, खगेन राई, योगेश राई, साहिल सहनी, भिम कुमारी राई, तुलसा राई र तनुजा राई रहेका छन् ।

पार्टी परित्याग गरी नवप्रबेशी युवाहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष पप्पु मण्डल, जिल्ला सदस्य असोक राई र संघिय साम्सद माननीय जयकुमार राईले अविर फुलमाला लगाई पार्टी प्रबेश गराएका थिए ।

यूवा परिचालन उप समिति सह संयोजक राजेन्द्र राईको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा पार्टी प्रबेश गरेका युवाहरुले आफ्नो पार्टीमा आश्वासन मात्रै बाड्ने काम र युवाको माग पुरा गर्न नसक्ने भएकोले पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेका हौ र गाउ तह देखी केन्द्रीय तहसम्म नेकपाको सरकार रहेको र नेकपा बाहेक अरु कुनै पनि पार्टीले यो देशमा विकास र परिवर्तन गर्न नसक्ने ठहर गर्दै आफ्नो पार्टी परित्याग गरि नेकपमा प्रवेश गरेका हौ र मंसीर १४ गते हुने स्थानीय उप निर्वाचनमा मेयर पदमा उम्मेदवार प्रकश राईलाई अत्याधीक बहुमतले विजय गराउन लागि पर्ने बताए ।

२०७६ मंसिर १, आईतवार १०:१४ गते 0 Minutes 21 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।