
एजेन्सी / अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो। खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन्। शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन्। डाक्टरहरूले दिसा गरिरहँदा फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले खराब भएको चेतावनी दिएका छन्। शौचालयमा फोन चलाउँदा पाइल्स हुने सम्भावना रहने बताइएको छ।
मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ। फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ। जसले गर्दा पाइल्स हुने जोखिम बढ्छ।
हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्भे गरेको थियो। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने बताएका थिए। आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने बताएका थिए।
141000cookie-checkशौचालयमा फोन चलाउँदा हुन सक्छ पाइल्स