
धरान । संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्च नेपालका ४२६ जना मजदुरहरुले पार्टी परित्याग गरेका छन् । धरानमा स्थानीय तहको उप–निर्वाचनकै पूर्वसन्ध्यमा उनीहरुले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय सिनियर कमाण्डर प्रेम गुरुङ्ग, केन्द्रीय सिनियर कमाण्डर,सिजन राजधामी,प्रान्तिय केन्द्र सदस्य गोकर्ण सिंघक,सुनसरी जिल्ला अध्यक्ष सन्तोष केदेम,धरान नगर कोषाअध्यक्ष खेम खडका,मजदुर अध्यक्ष पुार्ण बान्तवा,मजदुर सचिव समिर राई,सह सचिवनरेन्द्र राई,मजदुर उपसचिव टंक गेलाल,नगर सचिव शुक्रराज राई,सदस्हरु नन्दमाया राई,नगर युवा उपाध्यक्ष सुवाई राई,बिबेक बराईली,जिल्ला उपाध्यक्ष बिजय राई लगायताका सयौ कार्यकर्ताहरु रहेका छन ।
उनीहरुका अनुसार–पर्टीका केही नेताहरुले मनपरी ढंगले पार्टी सञ्चालन गरेको र पार्टीको विधी, विधान र सिदान्त अनुसार समानुपातिक, समाबेसी र सह अस्तीत्वलाई नेताहरुले स्वीकार गर्न नसकेको र पार्टीमा रहेका मजदुर कार्यकर्तालाई भोट बैकको रुपमा मात्र प्रयोग गर्न खोजेको भन्दै उनीहरुले सयुक्त रुपमा राजीनामा दिएको सोमबार एक पत्रकार सम्मेलन मार्फत जनकारी गराएका हुन ।
सम्मेलनमा मजदुरहको नेत्तवकर्ता तथा सो पार्टीका केन्द्रीय सिनियर कमाण्डर प्रेम गुरुङ्कको नेतृत्वमा धरानका टेम्पो, सिटी सफारी, रिक्सा, दैनिक ज्यालादारी मजदुरहरुले राजीनामा दिएका छन ।
गुरुङले लिम्बुवान पार्टिभित्र बिभिन्न नाताबाद, कृपाबाद र जातीय भेदभाव अबलम्बन गरेका हुनाले पार्टीको जिममेबारी व्यक्तिले कुनैपनि योगदानको कदर नगरेको आरोप समेत लगाएका छन । उनीहरुले पार्टी परित्याग गरे पनि अब कुन पार्टीमा प्रवेश गर्ने भन्ने बारे खुलाएनन ।