
धरान । नेकपाबाट मेयर पदका उम्मेदवार प्रकाश राईले मजदुरहरुलाई अब धरानको नेतृत्वमा ल्याउने काम नेकपाले गर्ने र त्यसको विकास धरानबाट सुरु भईसकेको बताएका छन् ।
निर्वाचन परीचालन उपसमिति तथा यातायात मजदुरहरुहरुले संयुक्त रुपमा आयोजना गरेको टेम्पो तथा सफारी ¥यालीको कोणसभालाई आज सोमबार धरानको लोकतान्त्रिक चौतारीमा सम्बोधन गर्ने क्रममा नेकपाका तर्फबाट धरानका मेयरका उम्मेदवार समेत रहेका राईले सो कुरा बताएका हुन ।
सम्बोधनको क्रममा राईले मजदुरहरु अब पेट र परीवारसंग मात्र नजोडिएर नेतृत्व पंतिमा आउनुपर्ने समेत बताए । मजदुरहरुलाई नेतृत्वमा ल्याउने कामको बिकास नेकपाले गरीसकेको उनले बताए ।
राईले बि.स. २०७४ सालको निर्वाचनबाट यातायात मजदुर शम्सेर बर्देवालाई धरान १० बाट वडा सदस्यमा ल्याई यस कार्यको थालनी गरीसकेको उदाहरण प्रस्तुत गर्नुहुदै राईले नेपाली काँग्रेसले यातायात मजदुरको सवालमा ठुला गफ मात्रै गर्ने गरेको बताए ।
नेपाली काग्रेस जनतालाई ढाटने पार्टी मात्र भएको यस पाटीको चुनावमा पनि मजदुरहरुले नेकपालाई नै साथ दिने दावी गरे ।
केही समय अघि मात्र नेपाली काग्रेसका युवा नेता गगन थापाले नेपाली काग्रेस धनी बर्गको मात्र पार्टी भएको घोषणा नै गरेका बताउदै राईले नेपाली कांग्रेसबाट मजदुर जनताको बिकास सम्भव नभएको पनि बताए ।
मजदुरहरुकै सहयोगमा नेकपाको सरकार बनेको र उनीहरु बिना धरानको निर्माण गर्न असम्भव रहेको राईले बताए । राईले मजदुरहरुको सेवाले कुनै पनि शहर कति पनि विकसित हुन नसक्ने पनि दावी गर्नुभयो ।
राईले सानो यातायातलाई दिर्घकालीन व्यवस्थापन गर्नका लागि आफुले योजना अघि बढाउने समेत बताए ।
आयोजित कोणसभामा संघीय सांसद माननीय जयकुमार राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केद्रिय अध्यक्ष भिमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोम तामाङ, नेकपाका प्रदेश नं. १ सदस्य विजय राई, नेकपाका जिल्ला सचिव रमेश बस्नेत, नेकपाका जिल्ला सदस्य फोक्वाहाङ सुब्बा (चोत्लुङ), नेकपा धरान नगर अध्यक्ष नारायण सुवेदी लगायत नेताहरुको उपस्थिती रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।