
धरान । काँग्रेसका मेयर पदका उम्मेदवार तिलक राई २०६६ सालदेखि २०७४ साल सम्म भानुचोक बसपार्क व्यवस्थापन समितीको संयोजक भएको बेला दैनिक रूपमा यातायात मजदुरहरूबाट उठाएको १०/१० रूपैयाको सार्वजनिक नगरी छलेको आरोप भिमज्वाला राईले लगाएको छ ।
सोमबार धरानको लोकतान्त्रिक चातारीमा नेकपाका निर्वाचन परीचालन उपसमितीको आयोजनामा यातायात मजदुरहरू संग भएको कोणसभामा बोल्दै राईले उक्त अभिव्यक्ति दिएका हुन । उनले विशेष रूपमा भन्नु पर्दा नेकपाका प्रतिपक्षी नेपाली काँग्रेसले तिलक राईलाई मेयरको उम्मेदवार उठाएकोमा तिलक राईले आफु नै यातायात मजदुरको असली प्रतिनिधी भनिरहँदा असली चरीत्र लुकाएर भोट माग्नका लागी मात्र बोलेको बताएका छन । ज्वालाले भने, नेपाली काँग्रेसका तिलक राईले यातायात मजदुरको सबै समस्या समाधान गर्छु भनिरहँदा करीब ८ वर्ष सम्म यातायात मजदुरहरूले दैनिक रूपमा बुझाएको १० रूपैयाँ कहाँ लगानी भएको छ भनेर सार्वजनिक मात्र गरे केही विश्वास गर्न सकिन्थ्यो । तर यो असम्भव छ । १० रूपैयाको हिसाब त नदेखाउनेले नगरपालिका पाए के गर्छ, उनले प्रश्न गरे ।
नेपालको इतिहासमा सबै भन्दा लामो सत्ता चलाएका काँग्रेसबाट देशभरका मजदुरहरूको लागी के काम भएको छ भन्ने प्रश्न गरे । उनले भने, २०४६ सालपछि हालसम्म गिरीजाप्रासद कोइराला ५ पटक, शेरबहादर देउवा ४ पटक प्रधानमन्त्री भइरहँदा देशभरका करीब ८० लाख मजदुरहरूको लागी के काम भएको छ ? काँग्रेस सरकारले मजदुरहरूको विकासका लागी सिन्को भाँच्ने काम गरेको छैन । यो अवस्थामा धरानमा नेपाली काँग्रेसले मजदुरहको विकासका लागी काम गर्छ भनेर कसरी पत्याउने । काँग्रेसले अबको पालो हाम्रो भनेर भन्दै आएको तर नेकपाले कहिले पनि आलो पालोको कुरा गर्दैन । आलो पालोमा सत्तामा जाने प्रथा २०६३।६३ सालको जनआन्दोलन पश्चात समाप्त भइसकेको र नेपाली काँग्रेसले समेत धङधङीबाट मुक्त हुन आग्रह गरे ।
प्रतिपक्षिले नेकपाले भष्ट्राचार गरेको झुठो आरोप भोट माग्नका लागी मात्र प्रयोग गर्दै आएको समेत उनले बताए । उनले भने, २०७४ सालबाट धरानमा निर्वाचित मेयर स्व। तारा सुब्बा पैसाको अभावको कारण निधन भएको समाचार हामीले पढेका छा । यदि नेकपाले भष्ट्राचार गर्ने हो भने अघिल्ला मेयर तारा सुब्बाको विदेशमा उपचार हुने थियो होला । उनले धरान उपमहानगरपालिकामा मजदुर डेस्क स्थापना भइसकेको बताउँदै त्यसको व्यवस्थापनका लागी करीब १० लाख बजेट विनियोजन समेत भइसकेको उद्घोष गरे । नेपालको अन्य कुनै पनि पालिकाहरूमा यसरी मजदुरको हेल्प डेस्क स्थापना नभएको समेत उनले जानकारी गराए । ज्वालाले तिलक राईले मजदुरहरूको मत विना निर्वाचनमा जित हासील गर्न नसकिने कुरा सत्य बुझेको बताए । त्यही कारण मजदुरहरूको मत ल्याउन हुन नसक्ने कुराको आश्वासन दिइरहेको र उनको जालमा नफस्न समेत ज्वालाले बताए ।
उनले भने, धरानमा करीब ३० हजार मजदुरहरू छन र सबैभन्दा बढी करीब १० हजारको हाराहारीमा यातायात मजदुरहरू छन । अघिल्लो पटकको जस्तै हार हुने निश्चित देखेपछी तिलक राईले मत जित्नका लागी १० हजार यातायात मजदुरहरूको मुत्तिको झुटा सपना देखाएको हो । ज्वालाले धरानको मजदुरहरूको हकहितका लागी आफु निरन्तर लागीरहने बताउँदै जतिबेला मजदुरहरूलाई गाह्रो पर्छ सधै नै नेकपाको नेतृत्वकर्ता नै मैदानमा उभिएको समेत प्रस्ट पारे । @औजार दैनिकबाट
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।