
धरान । सुनसरीको धरानमा स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै नेपाल प्रहरीद्धारा सुरक्षा कडा पारिएको छ भने धरानका बिभिन्न चेकपोईन्टमा चेकजाचको क्रममलाई निरनतरता दिएको छ ।
सोही चेकजाचको क्रममा बुधबार धरानको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान १५ बस्ने १९ वर्षका अनिल थापा, धरान १७ मा कोठा भाडामा लिई बस्ने २० वर्षका सन्तोष बिशंखे र मोरङको कानेपोखरी गाउपालिका ६ बस्ने ३५ वर्षका कविराज दाहाल रहेका छन् ।
थापा र दाहाललाई इलाका प्रहरी कार्यालय धरानको धरान ८ तिनकुनेमा रहेको चेकपोष्टमा यात्रुवाहक बसको चेकजाच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनिहरुको साथबाट १०० ग्राम र Spasmid लेखिएको ७७० क्याप्सुल र १०० ग्राम र Treedol-50 लेखिएको ७४० ट्याब्लेट बरामत गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
त्यस्तै, पक्राउ परेका मध्ये सन्तोष बिशंखेलाई लागुऔषध संचय गरी कारोबार गरेको सुचनाको आधारमा बुधबार उनकै कोठाबाट पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानका डि एस पी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
पक्राय परेका बिशंखेको साथबाट एभिल, लुपिजेसिक र डाइजेलाब गरी कुल ९२७ एप्पुल लागुऔषध फेला परेको हो । पक्राउ परेका तिनैजना माथी लागुऔषध मुद्धामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
-भरतराज शर्मा (गोपाल)
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।