२०८० जेष्ठ १७ बुधबार

धरानमा नेकपाले जिते केवलकार कुदने र सुकम्वासीलाई १० वर्ष भित्र घर दिने 

धरान । पुर्व पर्यटन मन्त्री एवम् नेपाल कम्युनिष्ट पाटी (नेकपा) का स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले आगामी १० वर्ष भित्र धरानमा केवलकार कु्दने बताएका छन् । वुधबार ७ नम्बर वडाको चुनावी कार्यकर्ता भेलालाई संवोधन गर्दै नेता आचार्यले उक्त कुरा बताएका हुन् ।

भेलामा उनले भने‘धरान पर्यटकीय क्षेत्रको १ नम्बर प्रदेशकै हव हो,पर्यटनको प्रवल संभवाना रहेको छ,त्यसैले यसको प्रवद्र्धन र विकासको लागि अव नयाँ योजना सहित काम हुने छ ।’सुनसरी क्षेत्र नम्बर १ को १ नम्बर प्रदेश सांसद समेत रहेको आचार्यले धरानमा सरकारको पर्यटन कार्यालय समेत स्थापना गर्ने बताए ।

आगामी मंशीर १४ गते हुने उप निर्वाचनमा नेकपाको तर्फबाट वडा नम्बर ७ को लागि वडाध्यक्ष पदका उम्मेद्धवार जीवन सुवेदी,नेकपा नेता आइन्द्र विक्रम वेघा,वेणु काफ्ले लगायते कार्यकर्ता भेलालाई संवोधन गरेका थिए ।

यसैबीच आसन्न मंशीर १४ गतेको धरानमा उप निर्वाचनको माहोल तातिरहेका वेला धरानमा रहेका अव्यवस्थित, भुमिहीन र सुकुम्वासीको लागि सुरक्षिति घरवासको व्यवस्था नेकपाले गर्ने जनाएको छ ।नेकपाको उम्मेद्धवार धरान उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेद्धवार वनेका प्रकाश राई अहिले घरदैलो अभियानमा सुकम्वासी वस्तीमा घरदैलो अभियानमा व्यस्त छन् ।

सुकुम्वासीहरुले वर्षौदेखिको पीडालाई उम्मेद्धवारसँग राखिरहेका छन् ।सुकुम्वासीहरुको माग आफुहरुको स्थायी वसोवासको ग्यारेण्टी गर्नु पर्ने मागहरु उठाइरहेका छन् ।वुधबार धरान ११ स्थित सोलिङ मार्गको घरदैलो अभियानमा पुगेका नेकपा उम्मेद्धवार राईसँग ६८ वर्षिय विष्णु माया लिम्वुले विजयको शुभकामना दिदैं घरवास सुरक्षित गर्नको लागि आग्रह गरेकी छन् ।

उनले भनिन्,विकास गर्नुस्, भोट सुर्यलाई दिन्छौ, हामीले अहिले सम्म सुर्यलाई नै भोट दिदै आएका छौ,अव हामीलाई यो वस्तीमा घरवासको स्थायी गरि दिनु परयो ।’

उम्मेद्धवार प्रकाश राईले पनि वृद्ध–वृद्धा र सुकुम्वासीको हित र अधिकारको लागि विषयमा गंभीर भएर लाग्ने वताए । उनले भने,‘धरानलाई सुकुम्वासी मुतm शहर वनाउने छु,धरानलाई सम्वृद्धिको शहर वनाउने छु।’नेकपा धरानका सचिव सुदर्शन श्रेष्ठले घरदैलो अभियानमा धरानको अव्यवस्थित,भुमिहीन र सुकुम्वासीलाई घर नम्बर दिएर लालपुर्जाको लागि प्रक्रिया अघि वढाई सकेको वताउँदै आगामी १० वर्षभित्र सुरक्षित आवास सहितको घरवासको ग्यारेण्टीको व्यवस्थ गर्ने प्रतिवद्धता गरे । उनले भने,‘नेकपाले १० वर्ष भित्र धरानका भुमिहीन र सुकुम्वासीलाई व्यवस्थित वनाउने छ , त्यसको लागि सुरक्षित आवास सहितको घरवासको व्यवस्था गर्ने छ।’ @भारतराज शर्मा (गोपाल) 

२०७६ मंसिर ८, आईतवार १५:२१ गते 1 Minute 10 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।