२०८० मंसिर २४ आईतवार

धरानमा व्यापारीहरु पनि चुनावी मैदानमा, धरानका शैक्षिक सस्थान र प्रागिकबर्गको समेत भोट नेकपालाई

धरान । कैलास अग्रवाल धरानका पुराना व्यापारी हुन् । शनिबार अग्रावाल निकै व्यस्त देखिए । नेकपा उम्मेद्धवार प्रकाश राई सहितको व्यापारीहरुको टोली लिएर घरदैलोमा व्यस्त थिए।

उनी धरान –२ स्थित मतदाताको घरदैलोमा सुर्यध्वजा बाहक उम्मेद्धवार प्रकाश राईलाई विजय गराउन व्यापारीहरुलाई आग्रह गर्दै हिडिरहेका थिए । उनले भने,‘व्यापारी व्यवसायीको हि तगर्ने पार्टी नेकपा हो, धरान र व्यापारीको हितमा नेकपाले काम गरेको भुल्नु हुन्न,त्यसैले सुर्यमा मतदान गरौ,यसैमा हाम्रो भलो हुनेछ।’अग्रवाल मात्रै होइन धेरै व्यापारीहरु सुर्यध्वजा वाहक उम्मेद्धवारलाई विजय गराउन धरान २ का व्यापारीहरु निस्किए । उनी जस्तै अर्का व्यापारी एवम् सुनसरी उद्योग वाणिज्य संघका पूर्ब अध्यक्ष गौरी शंकर अग्रवाल पनि नेकपाको चुनाबी घरदैलो अभियानमा नै दिनभरी व्यस्त रहे ।

उनले भने,‘धरानको आमुल परिवर्तनको लागि ससतm उम्मेद्धवार नेकपाको उम्मेद्धवार नै भएकाले सवै व्यापारी र व्यवसायीले प्रकाश राईलाई जिताउनु आवस्यक छ,किन की सवै व्यापारीको साझा उम्मेद्धवार नै नेकपाको उम्मेद्धवार हो।धरान र व्यापारीको हितको लागि नेकपामाको उम्मेद्धवारले सहयोग गर्ने भएकाले जिताउनु पर्ने उनको भनाई रहेको छ ।धरान ३ कै सोमनाथ अग्रवाल पनि नेकपालाई मत दिएर उम्मेद्धवारलाई जिताउनु पर्ने धरानको आवस्यकता भएको वताउँछन् ।उनले भने,वितगमा पनि सुर्यमा नै भोट हाल्दै आएको र अव पनि नेकपालाई जिताउनु जरुरी देखिन्छ, अरु दलका उम्मेद्धवारको झठो आश्वसनमा परी भ्रममा नपर्न पनि आग्रह गर्दछु।’

घर दैलो अभियानमा रहेका नेपाल कम्युनिष्ट पाटी धरान उमहानगरका नगर सदस्य राजमणि निरौलाले धरानका व्यापारी र व्यावसायी समेत नेकपाको पक्षमा भएकाले मंशीर १४ गते हुने उप निर्वाचनमा जित सुनिश्चित भएको वताए । उनले भने, व्यापारीको शान्ति सुरक्षा गर्ने पाटी भनेको नै नेकपा हो,अर विकल्प छैन।धरानको व्यापारीहरुको लागि सुरक्षा दिने,रोजगारीको व्यवस्था व्यापार व्यवसाय प्वद्र्धन गर्न सक्ने ,कार्य सम्पादन र योजना वनाएर अघि वढ्ने पाटी नै नेकपा भएको व्यापारी व्यावसायीले चुनावमा सुर्यलाई मतदात गर्न आग्रह समेत निरौलाले गरेका छन् । नेकपाको चुनावी घरदेैलो जारी रहेको छ । वुधबार नेकपाको उम्मेद्धवार सहित धरान वडा नम्बर २ मा घरदेैलो अभियान गरेको छ ।

यसैबीच आगामी मंशीर १४ गते हुने उप निर्वाचनबाट नेकपाका उम्मेद्धवार प्रकाश राईलाई जिताउनको लागि धरानका वौद्धिक क्षेत्रका व्यतिmत्वहरुले प्रतिवद्धता जनाएका छन् । शनिबारै नेकपाको पाटी कार्यालयमा वौद्धिक जमातको भेलाबाट सो प्रतिवद्धता जनाएका हुन् ।नेकपाका नेता धर्मराज निरौलाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको भेला भएको हो ।

वौद्धिक जमातमा आवद्ध विभिन्न पेशाकर्मी, वकिल, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको भेला भएको थियो । भेलालाई संवोधन गर्दै प्रमुख अतिथी निरौलाले सुर्य ध्वजावाहकका उम्मेद्धवारको विजय सुनिश्चित भइसकेकोले विपक्षी पाटीका उम्मेद्धवारले विभिन्न आरोप प्रत्यारोप गरेपनि कुनै तकु नभएको वताएका छन् । भेलामा वोल्दै राम बहादुर विष्टले नेकपाको जित निश्चित भएकाले विपक्षीहरु अतालिएको दाबी गरे । उनले भने २५ हजारको भारी मताको अन्तरले नेकपाका उम्मेद्धवार प्रकाश राईले विजय हासिल गर्ने पनि बताए । त्यसैले चुनावी मैदानको युद्धमा अवको ६ दिन सम्पुर्ण वौद्धिक वर्गहरु एक भएर लाग्नु पर्ने पनि विष्टले आग्रह गरेका छन् । भेलामा नेकपाका नेता गुरु वराल,जिल्ला सुनसरी सदस्य मुरारी सुवेदी, वेण काफ्ले लगातयका नेताहरुले संवोधन गरेका थिए ।

२०७६ मंसिर ८, आईतवार १५:४२ गते 1 Minute 50 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।